“कालापानी क्षेत्र विवादित हुँदै होइन, परम्परा देखि त्यस क्षेत्र नेपाल को हो, अहिले पनि नेपालकै हो”

काठमाडौँ – पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको बताएका छन्।

लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक माथिको छलफलमा भाग लिँदै मंगलबार प्रतिनिधिसभामा बाँस्कोटाले कालापानी-लिपुलेक-लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा विवाद नरहेको बताएका हुन्।

“सुगौली सन्धिले निर्धारण गरेको सीमा कटेर हामी पश्चिम तर्फ गएका छैनौँ, हामी काली नदी टरेर पश्चिम गएका हैनौं। तर, भारत आफैं सम्झौता उलंघन गरेर नेपाल तर्फ छिरेपछि विवाद भएको हो। यो नक्कली विवाद हो।”,उनले भने,”सक्कली कुरा के हो भने – भारतीय सेना त्यहाँबाट फिर्ता हुन पर्छ। नक्सा जारी हुनासाथ उसले त्यो काम गर्नुपर्छ। त्यसकारण कालापानी क्षेत्र विवादित भन्ने कुरा होइन। विवादित हुँदै होइन, पटक्कै होइन। परम्परा देखि त्यस क्षेत्र नेपाल को हो, अहिले पनि नेपालकै हो।

यस्तै उनले भारतको स्वतन्त्रता अभियानमा नेपालीहरुको समेत भूमिका रहेको बताएका छन् विभिन्न समयमा अंग्रेजहरुले समेत नेपालको सम्मान गर्दै भूमि फिर्ता गरेको इतिहाँस रहेको उनले स्मरण गरे।

“भारतको स्वतन्त्रता सङ्ग्राममा, उ अरुको उपनिवेश भएको अवस्थामा नेपालीहरुले साथ दिएका थिए। अंग्रेजले समेत नेपालको सम्मान गर्दै नेपालको जमिन फिर्ता गरेका छन्।”,उनले भने,”भारतले डाँडो काटेर फर्किनु पर्छ”

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७१४:२३

झन् कडा बनाइयो लकडाउन: बजार घुम्न, आफन्त भेट्न र रमाईलो गर्न निस्कने भट्टाभट पक्राउ गरिँदै