काठमाडौँ – नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्वतले पारित भएको छ।
‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार सर्वसम्वतले पारित भएको हो। मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ सर्वसम्वतले पारित भएको घोषणा गरे।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयक पारीत हुनु अगाडी सांसदहरुले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिए। छलफलमा भाग लिएका अधिकांश सांसदले विधेयकको समर्थन गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरे।
विधेयकको स्वीकृतीसँगै संशोधनका लागि अगाडि बढेको छ। अब सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन्।