सरकारले ल्याएको संशोधनको विपक्षमा सरिता गिरी: प्रमाण नपुग्ने भन्दै छुट्टै संशोधन दर्ता !

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन्।

बुधबार गिरिले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलेको भन्दै याँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको विधेयक माथि संशोधन दर्ता गराएकी हुन्।

विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छन्। संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने उनको प्रस्ताव छ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउनको लागि विधेयक संसदमा दर्ता गराएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको रहेको र प्रमाण पनि उपलब्ध रहेको बताइरहँदा सरिता गिरी भने त्यसको विरुद्धमा उभिएकी छन्। लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण नेपाल सम्म नरहेको उनले बताउँदै आएकी छन्।

सांसद गिरि कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको विषयमा पनि विरोध गर्दै आएकी छन्। भारतसंग छलफल नगरी नक्सा सार्वजनिक गरिनु गलत रहेको उनको अभिव्यक्ति रहने गरेको छ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१०:५५

सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु !