सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी !

काठमाडौँ – जनता समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गर्ने चेतावनी दिएको छ।

नयाँ नक्सालाई निशान चिह्नमा समावेश गर्नको लागि सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीले गिरिगिरीलाई कारवाही गर्ने चेतावनी दिएको हो।

बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सालाई निशान चिह्नमा समावेश गर्नको सरकारले ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने दफा २ हटाउनुपर्ने गिरीको प्रस्ताव छ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउनको लागि विधेयक संसदमा दर्ता गराएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको रहेको र प्रमाण पनि उपलब्ध रहेको बताइरहँदा सरिता गिरी भने त्यसको विरुद्धमा उभिएकी छन्। लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण नेपाल सम्म नरहेको उनले बताउँदै आएकी छन्।

सांसद गिरि कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको विषयमा पनि विरोध गर्दै आएकी छन्। भारतसंग छलफल नगरी नक्सा सार्वजनिक गरिनु गलत रहेको उनको अभिव्यक्ति रहने गरेको छ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१२:२४

पसल खोल्न आएका व्यवसायीलाई प्रहरीले रोक्यो !