लक्ष्मी समान हुन्छन् यी ३ राशि हुने बुहारीहरु, नर्क जस्तो घरलाई पनि बनाइदिन्छन् स्वर्ग !

विवाह महिला र पुरुषको मात्र मिलन नभई दुई परिवारको मिलन हो। वैवाहरिक सम्बन्ध सुखद भएमा मात्रै जीवन सुखद रुपमा अगाडी बढ्न सक्छ। जीवन साथी उत्कृष्ट परोस भन्ने हरेक पुरुषको चाहना हुनेछ भने परिवारले पनि उत्कृष्ट बुहारीको आशा राख्छ।

ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ। फरक-फरक राशिको आचरण, भाग्य र व्यवहार फरक हुने गर्छ। विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका अनुसार निम्न उल्लेखित राशि हुने युवतीहरु धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशी

वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशि

कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशि

मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१३:११

आफ्नो ग्रह अनुसार यी चिजहरुको गर्नुहोस दान, हुनेछ लाभ !