ज्योतिष शास्त्रका अनुसार ग्रह अनुसार कुनै पनि सामानको दान गर्नाले पाप नाश हुने मान्यता रहेको छ। त्यसैले आफ्नो ग्रहअनुसारको दान गर्नु आवश्यक छ। आउनुहोस कुन ग्रह हुनेहरुले कस्ता सामग्रीहरुको दान गर्नु पर्दछ त ?
ग्रह अनुसारको वस्तुको दान:
सूर्य : हिरा , मोती , तामा जस्ता मणि तथा रत्नहरु साथै गहुँ जस्ता अन्न।
चंद्रमा : मोती, काँक्रो , चाँदी , शंख , पानी , दुध , चामल आदि।
मंगल : मूंगाको माला , रोटी , दाल , रातो रंगको कपडा जुन मंगल ग्रहसंग सम्बन्धित हुने गर्दछ।
बुध : पन्ना, कला धातु , फर्सी , हरिया बस्त्र , हरिया रंगका सम्पूर्ण वस्तुहरु बुध संग सम्बन्धित रहेको हुन्छ।
बृहस्पति : पुखराज, केसरी , दाल , चना, पीपल, बेसार ,सख्खर , घोड़ा, पहेंला जातका फलफुल।
शुक्र : हीरा, रेशमी कपड़ा, घीउ , चन्दन , दहि , चिनी , सुगन्धित द्रब्य आदि।
शनि : नीलम, फलाम , पत्थर , औंठी , चिम्टा , तावा , भैसी , कालो तिल सर्स्युको तेल आदि।
राहू : गोमेद, नरिवल , मुला , सर्स्यु , निलम , कोइला , सिक्का ।
केतु : कुकुर , गाई, कम्बल आदि ।
ग्रह अनुसारको दान कुन समय र कसलाई दिनु आवश्यक छ:
-सुर्य ग्रहको दान कुनै राजपुरुषलाई आइतवारको मध्यान्हमा दिनु उत्तम मानिन्छ।
-चंद्रमा को दान सोमवारको दिन कुनै वैश्य स्त्रीलाई दिनु पर्दछ।
-मंगल ग्रहको दान मंगलवारको दिन कुनै ब्रह्मचारी युवकलाई मध्यान्हको समय दिनु पर्दछ।
-बुधको दान बुधवारको दिन बिहान कुनै छात्रालाई दिनु पर्दछ।
-बृहस्पति ग्रहको लागि बिहिवारको दिन कुनै विद्वान ब्राह्मणलाई बिहानको समयमा दिनुलाई शुभ मानिन्छ।
-शुक्रको दान शुक्रवार कुनै युवती कन्या कुमारीलाई दिनु पर्दछ।
-शनि ग्रहबाट मुक्ति पाउनका लागि शनिवारको दिन कुनै बृद्ध , निर्धन , निर्वल व्यक्ति जहाँ स्त्री हुनु अति उत्तम मानिन्छ।
-राहुको दान कुनै बिरामीलाई दिनु पर्दछ।
-केतु ग्रह दोषको शान्तिको लागि कुनै युवा पुरुषलाई दान गर्नाले सम्पूर्ण समस्याबाट नसोचेको लाभ प्राप्त गर्न सकिन्छ।