सरिता गिरीको घरमा कालोझण्डा, सुरक्षा थ्रेट बढेको प्रहरीको निष्कर्ष !

काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा युवाहरूको एक समूहले कालो झण्डा राखेको छ । बुधवार साँझ विशालनगरस्थित उनको युवाहरूको एक समूहले कालो झण्डा राखेको हो ।

उनको घरमा राखेको कालोझण्डा प्रहरीले हटाएको छ । बुधवार साँझ नै उनको घरबाट कालोझण्डा हटाइएको हो। कालोझण्डा राख्नेको अहिले प्रहरीले खोजि गरिरहेको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको नरहेको दावी गर्दै आएकी गिरी केहि समय देखि विवादित छन्। विभिन्न संचार माध्यमहरुमा तथा संसदमा उनी भारतसँग छलफल नगरी नक्सा निकालेको भन्दै आक्रोश पोख्दै आएकी छन्।

बुधबार मात्र उनले नयाँ नक्सालाई निशान चिह्नमा समावेश गर्नको लागि सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सालाई निशान चिह्नमा समावेश गर्नको सरकारले ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी हुन्। विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने दफा २ हटाउनुपर्ने गिरीको प्रस्ताव छ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउनको लागि विधेयक संसदमा दर्ता गराएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको रहेको र प्रमाण पनि उपलब्ध रहेको बताइरहँदा सरिता गिरी भने त्यसको विरुद्धमा उभिएकी छन्। लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण नेपाल सम्म नरहेको उनले बताउँदै आएकी छन्।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१५:०७

तिलोत्तमा हत्याकाण्ड: चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको आरोपीको बयान