मन्त्रिपरिषदको निर्णय: निजी गाडीमा जोरविजोर प्रणाली, एसइई स्थगित !

काठमाडौँ – सरकारले लकडाउनलाई खुकुलो बनाउने गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाइनलाई खुकुलो बनाउने निर्णय गरेको हो।

बिहिबार देखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिने निर्णय भएको बताइएको छ। यधपी सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।

यस्तै मन्त्रिपरिषदको बैठकले एसइइको नियमित परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ। सरकारले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्न गरेको सिफारिस अनुसार नै सरकारले यस वर्षको एसइई परीक्ष स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१६:४३

लकडाउन खुकुलो: कम जोखिम भएका स्थानमा भोलिबाट व्यापार व्यवसाय गर्न दिने निर्णय !