लकडाउन खुकुलो: कम जोखिम भएका स्थानमा भोलिबाट व्यापार व्यवसाय गर्न दिने निर्णय !

काठमाडौँ – सरकारले लकडाउनलाई खुकुलो बनाउने गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाइनलाई खुकुलो बनाउने निर्णय गरेको हो।

मोडालिटी परिर्वतन गर्दै लडाउन खुकुलो बनाउने सरकारको निर्णय छ। सरकारले गरेको निर्णय अनुसार बिहिबार देखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारमा खुकुलो बनाइनेछ।

कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रहरुमा व्यवसाय संचालन गर्न दिन लागिएको बताइएको छ। यधपी विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु पनि बन्द नै रहनेछन्।

बिहिबार देखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिने निर्णय पनि सरकारले गरेको छ छ। यधपी सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।

यस्तै मन्त्रिपरिषदको बैठकले एसइइको नियमित परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ। सरकारले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्न गरेको सिफारिस अनुसार नै सरकारले यस वर्षको एसइई परीक्ष स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१७:०१

तीन चरणमा लकडाउन खोकुलो: पहिलो चरण के-के खुल्छन् ? हेर्नुहोस् !