काठमाडौँ – कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
कोरोना भाइरसको जोखिम अनुसार क्षेत्र छुट्टयाएर लकडाउन खुकुलो बनाउने सरकारको निर्णय छ। सरकारले तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको बताइएको छ।
बुधबार भएको निर्णय अनुसार सबै भन्दा पहिलो चरणमा निश्चित क्षेत्रहरु खुला गरिनेछ। पहिलो चरण २१ दिन लागू हुनेछ। त्यसपश्चात दोस्रो चरण शुरु हुनेछ भने १५ दिनसम्म दोस्रो चरण लागू हुनेछ। त्यसपश्चात तेस्रो चरण लागू हुनेछ भने त्यसको समय १५ दिन रहनेछ।
पहिलो चरणमा खुल्ने सेवा र कार्य:
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)