उद्धार उडान शुरु: कुन देश प्राथमिकतामा ? हेर्नुहोस् मूल्य सहितको सूची !

काठमाडौँ – सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तथा भाडा तय गरेको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तथा भाडा तय गरेको हो।

पर्यटन मन्त्रालयका अनुसार विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन जेठ ३२ देखि असार ११ गतेसम्मको उडान हुनेछ। यसको लागि मन्त्रालयले जहाज र भाडा तोकेको छ।

विदेशमा रहेका नेपालीको उद्धारको लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने बताइएको छ। ‘तत्काललका लागि २४ वटासम्म विदेशी उडान गर्न दिने निणर्य भएको मन्त्रालयले जनाएको छ।

तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फिर्ता ल्याउने सरकारको तयारी छ । भारत, बंगलादेश र खाडी मुलुक लगायतका देशमा रहेकालाई पहिलो प्राथमिकतामा स्वदेश फिर्ता ल्याउन लागिएको छ । पहिलो चरणमा जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुको उद्धार हुनेछ।

सरकारका अनुसार सबै भन्दा पहिलो उडान जेठ २९ गते हुनेछ। कुवेतमा रहेका नेपालीहरु बोकेर आज दुई विमान आउनेछन्। जेठ २९ पश्चात जेठ ३२ गते बंगलादेश उडान हुनेछ। नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ।

सरकारले निर्धारण गरेको उडानको तालिका निम्न छ –

मिति                                                           उडान हुने ठाउँ
जेठ २९ कुवेतमा (२ उडान)
जेठ ३२ बंगलादेश
असार १ माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन
असार २ दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स
असार ३ बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार ४ साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
असार ५ जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार ६ साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार ७ दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार ८ अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार ९ जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार १० साउदी अरब, कुवेत
असार ११ संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

कुन देशका लागि कति भाडा?

सरकारले चार्टड उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरेको छ। विदेशी एयरलान्सले पनि उक्त भाडादर अनुसारै नेपालीको उद्धार गर्नुपर्ने छ।

मन्त्रालयका अनुसार सबैभन्दा कम भाडा बंगलादेशका लागि १ सय ६५ डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ।

यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बांगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।

प्रकाशित : बिहिबार, जेठ २९, २०७७०४:१७

मुख्यमन्त्रीको निर्देशन: जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनु