भारतीय मिडिया – “भारतको पक्ष उत्रिएकी सांसदलाई देश छाड्न धम्की, प्रहरीले सहयोग गरेन”

काठमाडौँ – कालापानी-लिपुलेक लगायतमा क्षेत्र नेपालको नभएको दावी गर्दै आएकी सांसद सरिता गिरिको सर्वत्र विरोध भइरहेको छ। भारतको पक्षमा वकालत गरेको भन्दै उनको सांसद पद खोस्न समेत माग गरिएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सालाई निशान चिह्नमा समावेश गर्नको सरकारले ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएपछि गिरी प्रति जनआक्रोश झनै बढेर गएको छ।

विधान संशोधन विधेयकको दफा २ खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि गिरीलाई जनता समाजवादी पार्टीले समेत कारवाही गर्ने चेतावनी दिसकेको छ। बुधबार साँझ युवाहरुको एक समूहले नाराबाजी गर्नुका साथै उनको घरमा कालो झण्डा गाडेका थिए।

गिरिको नेपालमा विरोध भइरहेको विषयलाई भारतीय संचार माध्यमहरुले पनि सम्प्रेषण गरेका छन्। भारतीय मिडिया ‘अमर उज्याला’ले आफ्नो अनलाइन संस्करणमा भारतको पक्षमा उत्रिएकी महिला सांसदको घरमा हमला भए पनि प्रहरीले मद्दत नगरेको भनेर समाचार लेखेको छ।

“नेपालमा संविधान संशोधनको विरुद्धमा उत्रिएकी महिला नेतृ सरिता गिरिको घरमा हमला भएको छ। रिपोर्ट अनुसार, देश छाड्न उनलाई धम्की आएको छ। उनको घर बाहिर कालो झण्डा गाडेको पनि समाचार छ। भनिएको छ कि, उनलाई प्रहरीबाट पनि सहयोग मिलेको छैन”,समाचारमा भनिएको छ,”गिरिले निशान छापमा नक्सा परिवर्तनको लागि सरकारले दर्ता गराएको संविधान संशोधनको प्रताव खारेज गर्न छुट्टै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। चीनको उक्साहटमा नक्सामा परिवर्तन गरिएको उनको आरोप छ।”

प्रकाशित : बिहिबार, जेठ २९, २०७७०५:३४

‘विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गर’