मोटरसाइकल चालकको लागि मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय!

सांकेतिक तस्विर

काठमाडौँ, जेठ २९ । सरकारले लकडाउनलाई खुकुलो बनाउने गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाइनलाई खुकुलो बनाउने निर्णय गरेको हो।

बिहिबार देखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिने निर्णय भएको थियो । तर बाइकमा एक जना भन्दा चढ्न नपाइने र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदको बैठकले एसइइको नियमित परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ। सरकारले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो।

कोरोना भाइरसको जोखिम अनुसार क्षेत्र छुट्टयाएर लकडाउन खुकुलो बनाउने सरकारको निर्णय छ।  सरकारले तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको बताइएको छ । बुधबार भएको निर्णय अनुसार सबै भन्दा पहिलो चरणमा निश्चित क्षेत्रहरु खुला गरिनेछ। पहिलो चरण २१ दिन लागू हुनेछ। त्यसपश्चात दोस्रो चरण शुरु हुनेछ भने १५ दिनसम्म दोस्रो चरण लागू हुनेछ। त्यसपश्चात तेस्रो चरण लागू हुनेछ भने त्यसको समय १५ दिन रहनेछ।

प्रकाशित : बिहिबार, जेठ २९, २०७७१२:०२

सर्वोच्चले भन्यो – ‘बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू’