लकडाउनमा प्रदर्शन गर्नेलाई ६ महिनासम्म थुन्ने गृहमन्त्रालयको चेतावनी !

काठमाडौँ – पछिल्ला दिनहरुमा भइरहेको बिरोध प्रदर्शन प्रति गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै गृहले पछिल्ला दिनहरुमा भइरहेको बिरोध प्रदर्शन प्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको हो।

“विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”,विज्ञप्ति जारी गर्दै गृहले भनेको छ।

गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ। लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने गृहको चेतावनी छ।

“बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ।”,विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : बिहिबार, जेठ २९, २०७७१३:००

“नेपाली भूमि फिर्ता ल्याउने भए भारतसँग वार्ता गर्नुपर्छ” – शेखर कोइरालाले