“जसले भूमि कब्जा गर्यो उसैलाई मत: ङिच्च गर्दै भोज खाने गतिछाडाहरूको झूटनीति”

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि हुन लागेको निर्वाचनमा नेपालले भारतलाई समर्थन गर्न लागेको प्रति आपत्ति जनाएका छन्।

अध्यक्ष नेपालले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि हुन लागेको निर्वाचनमा नेपालले भारतलाई समर्थन गर्न लागेको प्रति आपत्ति जनाएका हुन्।

भारतलाई मत दिने भनी गरिएको प्रतिबद्धताले नेपालको कूटनीति कति कमजोर रहेछ भन्ने साबित गरेको उनको जिकिर छ। सरकारको यस्तो प्रतिवद्धताले मालिकसँग नोकर लामो समयसम्म रिसाइरहन सक्तैन , बरु मालिकसँग कतिबेला के गर्दा सम्बन्ध झन् प्रगाढ हुन्छ , ऊ त्यसको खोजीमा हुन्छ भन्ने थप चरितार्थ भएको उनले दावी गरेका छन्।

“राष्ट्रसंघीय सुरक्षापरिषद्को अस्थायी सदस्यताका लागि केही दिनमात्र पछि हुन लागेको निर्वाचनमा इन्डियालाई मत दिने भनी गरिएको प्रतिबद्धताले नेपालको कूटनीति कति कमजोर रहेछ भन्ने साबित भएको छ । यस प्रसङ्गले मालिकसँग नोकर लामो समयसम्म रिसाइरहन सक्तैन , बरु मालिकसँग कतिबेला के गर्दा सम्बन्ध झन् प्रगाढ हुन्छ , ऊ त्यसको खोजीमा हुन्छ भन्ने थप चरितार्थ भएको छ ।”,फेसबुकमा नेपालले लेखेका छन्।

नेपालसँग कोरोनापछि वार्तामा बस्छु भन्ने तर चीनसँग भने कोरोनाको बीचमै घुँडा टेकेर वार्तामा बस्ने र अस्ट्रेलियासँग रणनीतिक वार्ता गर्ने भारतको दोहोरो चरित्र देख्दा-देख्दै सुरक्षा परिषद्मा भारतलाई मत उसले केपी शर्मा ओलीको हातमा कालापानीको किस्ती राखिदिनेछ भनेर सोच्नु साँढेका पछि लागेको स्याल बन्नु सरह हुन जाने उनको बुझाई छ।

सुरक्षापरिषद्को आगामी निर्वाचनमा यदि नेपाल तटस्थ मात्रै बस्ने हो भने अडान थप मजबुत हुनुका साथै अन्तर्राष्ट्रिय रूपमा नेपालको स्वाभिमान पनि मुखरित हुने नेपालको निष्कर्ष छ।

प्रकाशित : बिहिबार, जेठ २९, २०७७१३:५२

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु !