काठमाडौँ – भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा झ-डप भएको छ। नेपाल प्रवेश गर्न खोज्ने भारतीय र सशस्त्र प्रहरी बीच झड-प भएको हो।
![]()
झ-डपमा परी एक भारतीयको ज्यान गएको छ। सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेको र हतियार पनि खोस्न आएपछि फाएरिङ गर्दा एक भारतीयको ज्यान गएको बताइएको छ।
![]()
ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीयहरुले सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण गरेका थिए।
![]()
त्यसक्रममा सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको बताइएको छ। उक्त घटनामा १ जानका ज्यान जानुका साथै केहि व्यक्ति घाइते समेत भएका छन् भने केहिलाई नियन्त्रणमा लिइएको छ।

