दूधमा दालचीनी मिसाएर पिउँदा अनेक फाइदा, यस्ता स्वास्थ्य समस्या देखि मिल्नेछ छुटकारा !

एजेन्सी – दालचीनी आफैंमा एक औषधि हो। यसलाई विभिन्न स्वस्थ्य समस्यामा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। स्वास्थ्य समस्यामा मात्र नभई दालचीनीलाई सौन्दर्यतामा निखार ल्याउन पनि प्रयोग गर्न सकिन्छ।

विशेष गरेर दालचीनीलाई दूधसँग मिसाएर खाँदा स्वास्थ्यलाई धेरै लाभ मिल्छ। दालचिनीलाई दूधसँग मिसाएर खाँदा अनेक प्रकारका स्वास्थ्य समस्या देखि छुटकारा मिल्छ। त्यसमध्ये केहि निम्न छन्।

राम्रो निन्द्राको लागि दालचीनी 

राति निदाउन नसक्नेहरुको लागि दालचीनी धेरै राम्रो औषधि हुन सक्छ। सुत्नु अगाडी दूधमा दालचीनी मिसाएर खाने हो भने अनिन्द्राको समस्या देखि छुटकारा मिल्छ। दालचीनीमा पाइने अमीनो एसिडले मस्तिष्कलाई शान्त बनाउँछ। जसकारण राम्रो निन्द्रा लाग्छ।

डायबिटीज हटाउन दालचीनी 

मधुमेह वा डायबिटीजको उपचारको लागि दालचीनी निकै नै फाईदाजनक हुन्छ । दालचीनीको नियमित सेवनले मधुमेहबाट बच्न सकिन्छ । दालचीनीले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।

हड्डी बलियो बनाउन  दालचीनी

दालचिनीमा पाइने क्याल्सियम, फाइबर र मैंगनीजले हड्डी बलियो बनाउन मद्दत गर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार मानिसहरु लामो समयदेखि हड्डी बलियो बनाउन दालचीनीलाई दूधमा मिसाएर प्रयोग गर्दै आएका छन्।

छाला र कपालमा दालचीनी

दालचीनी मिसाएको दूध पिउँदा छाला र कपाल सम्बन्धि हरेक समस्या देखि छुटकारा मिल्न सक्ने बताइन्छ। दालचीनीमा पाइने एन्टि बैक्टीरियल गुणहरूले छालालाई रोग र संक्रमणबाट पूर्ण रूपमा सुरक्षित बनाउँछन्। साथै दालचीनीले यीस्ट इन्फेक्शन समेत रोक्ने बताइन्छ।

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७०७:१६

नुनसँगै खानुस् काँचो आँप, यस्ता समस्या देखि मिल्नेछ छुटकारा ! [तरिका सहित]