काठमाडौँ – वीरगन्जमा मृतअवस्थामा फेला परेका युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
गत जेठ २८ गते वेवारिसे अवस्थामा फेला परेका युवकमा शुक्रबार साँझ कोरोना भाइरस संक्रमणको पुष्टि भएको नारायणी अस्थायी अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यलयका अनुसार यी युवकको शव घण्टाघर क्षेत्रमा फेला परेको थियो। युवकको पहिचान र ठेगाना भने अहिले सम्म खुलिसकेको छैन। उनको उमेर २५ वर्ष आसपास हुन सक्ने अनुमान गारिएको छ भने उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ।
युवकमा कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको र प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको नारायणी अस्थायी अस्पतालले जनाएको छ।