सरिता गिरी पछि नहट्ने, संशोधन फिर्ता नलिने !

काठमाडौँ – नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा प्रस्तुत भएको संविधान संशोधन विरुद्ध सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिने भएकी छन्।

नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न सरकारले दर्ता गराएको संविधान संशोधन खारेज गर्नुपर्ने माग सहित संशोधन प्रस्ताव दर्ता गराएकी गिरी सर्वत्र विरोधका बाबजुत पनि पछि नहट्ने भएकी हुन्। पार्टीले चेतवानी दिँदा पनि उनी पछि नहट्ने देखिएकी छन्।

जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। तर, उनी भने पार्टीको निर्णय विपरित उभिने पक्षमा देखिएकी छन्। गिरी पछि नहट्ने देखिएपछि उनी बारे निर्णय गर्न समाजवादी पार्टी संसदीय दलको बैठक बस्ने भएको छ।  गिरीका सम्बन्धमा बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीले जनाएको छ।

शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने योजना छ।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७०३:३५

भरतपुर अस्पतालबाट पिसीआर नगरी ६ सङ्क्रमितलाई घर पठाइँदै!