“राजनीतिक एजेन्डा नभएको आन्दोलनलाई गम्भिरतापूर्वक लिनुपर्छ, राजनीतिकरण गर्नुहुँदैन” -प्रियंका

काठमाडौँ – नायिका प्रियंका कार्कीले युवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिइदिन आग्रह गरेकी छिन् ।

सामाजिक संजाल फेसबुक मार्फत कार्कीले राजनीतिक एजेन्डा वा संलग्नता नभएको युवाहरुको प्रदर्शनलाई राजनीतिकरण नगर्न र गम्भिरतापूर्वक लिइदिन आग्रह गरेकी हुन्।

जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गर्न र आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिन सरकारलाई उनको आग्रह छ।

“कुनै राजनीतिक एजेन्डा वा संलग्नता नराखी हामीले यो विरोध प्रदर्शन भोलिबाट फेरि शुरु गर्न सक्छौ। प्रदर्शनमा जादा सामाजिक दुरी कायम गरौ, शान्तिपूर्ण रहौ, सुरक्षित रहौ। बिरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं। सरकार, यो प्रदर्शनलाइ गम्भीरतापूर्वक लिनुहोस् । कृपया मुद्दाको संवेदनशीलता बुझिदिनुस। जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गरिदिनुस्। आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुस्।”,कार्कीले फेसबुकमा लेखेकी छन्।

परिस्थितिको गम्भीरता, बढ्दो कोरोना केसहरू र हाम्रो देशको स्वास्थ्य पूर्वाधारहरूको अभावलाई ध्यानमा राखेर हेर्दा प्रदर्शनबाट ठूलो समुहमा संक्रमण सर्यो भने नेपालका अस्पतालले थप केसहरु धान्न नसक्ने अवस्था आउन सक्ने तर्फ पनि सबै सचेत हुनुपर्ने उनको बुझाई छ।

“परिस्थितिको गम्भीरता, बढ्दो कोरोना केसहरू र हाम्रो देशको स्वास्थ्य पूर्वाधारहरूको अभावलाई ध्यानमा राखेर हेर्दा, प्रदर्शनबाट ठूलो समुहमा संक्रमण सर्यो भने हाम्रा अस्पतालले थप केसहरु धान्न नसक्ने अवस्था आउन सक्छ। कृपया सामाजिक दूरी कायम राख्नुहोस्। सुरक्षित रहनुहोस्।”,उनले फेसबुकमा लेखेकी छन्।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७०६:१८

भित्रियो मनसुन, सतर्कता अपनाउन आग्रह !