जब संसद बैठक छाडेर बाहिरिइन् सरिता गिरी…

काठमाडौँ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएसँगै गिरी प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी हुन्।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिइन्। सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावलीको नियम ११२ को (ख) र (ग) मा टेकेर संशोधन अस्वीकृत भएको बैठकमा जानकारी गराए।

आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनले संसदमा बोल्न समेत खोजेकी थिइन्। सभामुख सापकोटाले गिरीलाई बोल्न समय दिन खोजेपनि अन्य सांसदहरूले विरोध जनाए। जसपश्चात सभामुखले रुलिङबारे जानकारी गराए। आफूले संसदमा बोल्न नपाउने देखिएपछि उनी तत्कालै संसदबाट बाहिरीइन्।

कालापानी-लिपुलेक लगायतका क्षेत्र नेपालको रहेको भन्ने प्रमाण नरहेको बताउँदै गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराएकी थिइन्।

मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विधेयक पारित हुन प्रतिनिधिसभाका हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७०८:४५

सरिता गिरीको चेतवानी- “पाकिस्तानबाट बंगलादेश छुट्टिएर बनेको जस्तो नेपालमा पनि हुन सक्छ”