सरिता गिरीको चेतवानी- “पाकिस्तानबाट बंगलादेश छुट्टिएर बनेको जस्तो नेपालमा पनि हुन सक्छ”

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले पाकिस्तानबाट छुट्टिएर बंगलादेशको निर्माण भएजस्तो नेपालमा पनि हुन सक्ने बताएकी छन्।

प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद गिरीले पाकिस्तानबाट छुट्टिएर बंगलादेशको निर्माण भएजस्तो नेपालमा पनि हुन सक्ने संकेत गरेकी हुन्।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएपछि बोल्न समय माग्दा आफू माथि अपमान भएको उनले बताइन्।

जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आ-क्रम-ण गरिएको उनको आरोप छ। आफूले संशोधन राखेपछि धेरै फोहोरो गा-लीग-लौज सामना गरेको उनको भनाई छ।

“जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आ-क्रम-ण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन।”,उनले भनिन्।

राष्ट्रियताको नाममा एक जना महिला सांसद माथि भएको व्यवहार असामान्य र स्वीकार गर्न नसकिने भएको उनले बताइन्। महिला माथि भएको व्यवहारकै कारण बंगलादेशको निर्माण भएको बिर्सन नहुने उनको भनाई छ।

“राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो? किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई ब-ला-त्का-र गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।”,उनले भनिन्।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७०९:०६

राजेन्द्र महतोले भने – “अब हामी पनि राष्ट्रवादी, भूमि रक्षाका लागि एक छौँ”