कमल थापाले सहनै सकेनन्, १७ हजारको शव टेकेर राजनीति गरेको भन्दै प्रचण्ड माथि यसरी खनिए !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। प्रचण्ड राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएको प्रति नेता थापाले सामाजिक संजाल ट्वीटर मार्फत आपत्ति जनाएका हुन्।

फाइल तस्बिर

“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भनाईलाई थापाले भ्रामक र पुर्वाग्रही भनेका छन्। विकृत/असन्तुलित मानसिकताका कारण यस्तो अभिव्यक्ति आएको उनको आरोप छ।

प्रचण्डलाई लक्षित गर्दै उनले १७ हजारको शवमा टेकेर विदेशीको स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो भनेका छन्। साथै उनले नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य रहेको तर्क गरेका छन्।

“‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो’भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो। १७हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।”,ट्वीटरमा उनले लेखेका छन्,”सिंगोराष्ट्र एकढिक्का भएर,सबै राष्ट्रिय शक्तिहरुको सहयोगलिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ।ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षागर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो।आश्चर्य लाग्छ। प्रचण्डको भनाईप्रति खेद व्यक्त गर्दछु”

यस्तो छ थापाको ट्वीट –

“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो। १७हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।


प्रचण्डले के भनेका थिए ?

शनिबार प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताए थिए।

“देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा हिजो निरङ्कुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ, भूमि राजतन्त्रले गुमायो, गर्वका साथ गणतन्त्रले लिँदैछ, ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।”,उनले भनेका थिए।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७११:१४

“पहिले लिम्पियाधुरासम्मको नक्शा कुन बेला कसको पालामा गायब भयो?”