मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अत्यन्त सावधानीपुर्वक यसदिन बिताउनुहोला। चिसो, कफ र ज्वरोको कारण स्वास्थ्य बिग्रन्छ। धर्म गर्दा धन लुट्ने जस्तो अवस्था सिर्जना हुनेछ, त्यसैले विचार पुर्याउनुहोस्। मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यसदिन परिवारमा सुख-शान्ति बनिरहनेछ। परिवार र साथीहरूसँग रमाईलो क्षणहरू बित्नेछ । तपाईको आम्दानी र व्यापारमा वृद्धि हुनेछ । रमणीय स्थानमा घुम्न जाने योग रहेको छ । उत्तम दाम्पत्य सुखको अनुभूति हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
यसदिन तपाईको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। जागिर र व्यवसायमा तपाईको प्रसंशा हुनेछ। जसबाट तपाई अझ बढी प्रोत्साहित हुनुहुनेछ। पदोन्नतको योग रहेको छ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। गृहस्थ जीवन अनंद्पूर्ण रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
यसदिन तपाई आफ्नो समय धार्मिक कार्यमा बिताउनुहुनेछ। कुनैपनि तिर्थ स्थानमा जाने प्रसंग बन्नेछ। शारीरिक र मानसिक रूपबाट प्रफुल्लित रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यसदिन तपाई आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस। बाहिरको खानेकुरा खान बन्द गर्नुहोस। नत्र स्वास्थ्यको विषयमा खर्च हुनेछ। नकारात्मक विचार मनमा हावी हुनेछ। पारिवारिक सदस्यहरुसंग सावधानी रहनुहोस।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
जुनसुकै कार्य गर्नको लागि यसदिन तपाईलाई अनुकूल रहनेछ। जीवनसाथीको साथ तपाई निकटताको आनन्द लिन सक्नुहुनेछ। दाम्पत्यजीवन सुखमयी रहनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा तपाईको प्रतिष्ठामा वृद्धि हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यसदिन तपाईको घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। साथै सुखदायक समय बित्नेछ । कार्यमा सफलता मिल्नेछ । आवश्यक कामको पछाडी खर्च हुनेछ। जागिरमा सफलता प्राप्त हुनेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
स्वास्थ्यको सम्बन्धमा थोरै ध्यान दिनुहोस। सन्तानको समस्याले तपाईलाई सताउनेछ। मानहानि हुने सम्भावना रहेको छ । सम्भवत कुनैपनि यात्रा नगर्नुहोस्।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
मनमा स्फूर्तिको अभाव रहनेछ। मनमा चिन्ताको भार हुनेछ। पारिवारिक वातावरण असभ्य हुनेछ। माताको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दैनिक कार्यमा अनुकूल परिस्थिति सिर्जना हुँदा तपाई ढुक्क महसुस गर्नुहुनेछ। घरेलु जीवनका समस्याहरू समाधान भएको देखिन्छ।व्यापरमा आर्थिक लाभ हुनेछ। दाजु-बहिनिबाट सहयोग प्राप्त हुनेछ। नया कार्य गर्नको लागि अनुकुल दिन रहेको छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यसदिन तपाई आफ्नो बोलिलाई संयम राख्नुहोस । वाद-विवादबाट टाढा रहनुहोस। अनावश्यक खर्च कम गर्नुहोस। कार्यमा कम सफलता मिल्नेछ। स्वास्थ्य खराब हुनेछ । बिधार्थीको पढाईमा बाधा आउनेछ। आर्थिक हानि हुने सम्भावना रहेको छ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
यसदिन तपाइको आनन्द र उत्साहले भरिपूर्ण हुनेछ। नया कार्य आरम्भको लागि शुभ दिन रहेको छ। आफन्त र साथीहरुसंग भेट हुनेछ।साथै उनीहरुसंग भुमं जाने अवसर मिल्नेछ।