खाटमा भन्दा जमिनमा सुत्नु फाइदाजनक, हेर्नुहोस् जमिनमा सुत्नुका फाइदाहरु !

एजेन्सी- हरेक व्यक्तिहरु कुनै कार्यका निम्ति जमिन वा भुइँमा बस्न असहज मान्ने गर्छ। तपाईहरु केही समय बस्न वा खाना खानको निम्ति आरामदायी टेबल र कुर्सिको प्रयोग गर्नुहुन्छ। पहिले हरेक मानिसहरु जमिनमानै बसेर आफ्ना सम्पूर्ण कार्यहरु सिद्ध गर्ने गर्थे भने अहिले यस्ता सम्पूर्ण कार्यका लागि आरामदायी कुर्सि वा टेबलको प्रयोग गर्ने गरिन्छ। अहिले हरेक घर र कार्यालयमा सुबिधाजनक र आरामदायी साधनको प्रयोग गरि कार्य गर्ने गरिन्छ। हरेक व्यक्तिहरु कुनै समयमा कामबाट फर्किदा वा थकित हुँदा आरामदायी कुर्सीमा बस्ने र आधुनिक किसिमका पलंङ् वा लचकदार विस्तारमा सुत्दा थकान कम भई मिठो निन्द्रा पर्ने सोच राख्ने गर्छन। यस्तो सोचका बीच आफ्नो मेहेनत वा परिश्रमबाट भएको कमाईले घरको लागि अत्याधुनिक फर्निचर वा अन्य सामग्रीहरु खरिद गर्ने गर्छन।

यस्ता फर्निचरको साथमा लचकदार विस्तारमा बस्ने वा सुत्ने गर्दा धेरै जसो तपाईको स्वाथ्यमा समस्या आउने गरेको भएपनि तपाईले यसमा आफ्नो ध्यान लगाउन भने सक्नु भएको हुँदैन। यसरी स्वास्थ्यमा समस्या आउने कारणबारे तपाई जानकार नहुँदा तपाईको जीवनमा नकारात्मक असर परिरहेको हुन्छ। तपाईहरु कोही बेला कम्मर वा शरिरका अन्य भाग दुख्ने समस्याले अस्पताल जाने गर्नुभएको छ भने यसको कारण बारे बेलैमा आफ्नो ध्यान पुर्याउन आवश्यक हुन्छ। यदि तपाईहरु यस्ता आरामदायी वस्तुहरुको प्रयोग गर्न कम गरि जमिनमा बस्ने वा सुत्ने गर्नुभएमा यस्ता स्वास्थ्य समस्याहरुबाट बच्न सक्नुहुनेछ। आज हामी तपाईहरुलाई आरामदायी मानिने वस्तुहरुको प्रयोगमा कमि गरि आफ्ना दैनिक कार्य जमिन वा भुइँमा बसी गर्दा कस्ता स्वास्थ्य समस्याहरुबाट बच्न सकिन्छ भन्ने बारे जानकारी गराऊन जाँदै छु।

कम्मर दुख्ने समस्या हल हुन्छ : कम्मर दुख्ने समस्या आजकल हरेक उमेरका व्यक्तिमा देख्न सकिन्छ। यदि तपाई यो समस्याबाट पिडित हुनुहुन्छ भने आजैबाट भुइँमा सामान्य विस्ताराका साथ सुत्ने गर्नुहोस। यसो गर्दा तपाईले कम्मर दुख्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ।

काँध वा गर्दन दुखाई कम हुन्छ : लगातार कम्प्युटरमा बसेर काम गर्दा ,लामो समयसम्म निहुरिएर काम गर्दा वा गलत तरिकाले बस्ने वा सुत्ने गर्दा काँध वा गर्दन दुख्ने समस्या आउने गर्छ। यस्तो समस्या हुने व्यक्तिले आफ्नो काँध वा गर्दन सिधा गर्दा वा चलाउँदा समेत दुख्ने गर्छ। यो अवस्थामा, जमिनमा सामान्य विस्ताराका साथ सुत्ने गर्नाले दुखाई कम हुँदै बिस्तारै निको हुने गर्छ।

रक्त संचारमा सम्बन्धि समस्या हल हुन्छ :तपाई हामी सबैको इच्छा हुन्छकी आफ्नो शरिरमा रक्त संचार सही तरिकाले होस्। तपाई हरेक कार्य गर्दा जुन स्थानमा बसेर गर्नसक्नु हुनेछ तर तपाई जमिनमा बसेर वा सुतेर कार्य गर्दाजस्तो राम्रो रक्त संचार अन्य स्थानमा बस्दा हुँदैन।

अनिन्द्राको समाधान :यदि तपाईको शरिर थकित भएको अवस्थामा समेत निन्द्रा नलाग्ने समस्या छ भने आजैबाट जमिन वा भुइँमा सामान्य विस्तारा लगाई सुत्न सुरु गर्नुहोस। तपाईहरुको अनिन्द्राको समस्या समाधान गर्ने यो बाहेक अन्य उपायले कमै मात्रमा मद्धत गर्न सक्छ।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७१६:४२

यसरी १ हप्तामै खुम्चिने कपाललाई गर्नुस् स्ट्रेट सधैका लागी [अतिनै सजिलो घरेलु तरिका]