कोरोना प्रतिरोधी औषधिको प्रयोग

रूपन्देही, जेठ ३२ गते । कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो ।

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार शनिबार अस्पतालका सञ्चालक माधव थापाले महासङ्घका अध्यक्ष भुवन कार्कीलाई औषधि हस्तान्तरण गर्नुभयो । महासङ्घले इच्छुक क्रियाशील पत्रकारहरूलाई यस्तो औषधि वितरण गर्नेछ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

थप ४१ सङ्क्रमित
भेरी अस्पताल नेपालगञ्जमा शनिबार गरिएको परीक्षणमा ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाँकेका १८, बर्दियाका ६ र रोल्पाका १७ जना गरी ४१ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५ र खजुरा गाउँपालिकाका तीनमा सङ्क्रमण देखिएको छ । यसैगरी, बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनील स्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँचजनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

निको भएर घर
बुटवल समाचारदाताका अनुसार रूपन्देहीको सैनामैना नगरपालिकाका रूपन्देहीको सैनामैना नगरपालिकाको कोरोना आइसोलेसन अस्पताल बनकट्टाबाट एक युवक डिस्चार्ज हुनुभएको छ । सैनामैना वडा नं १ वनकट्टा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा रहेको कोरोना आइसोलेसन अस्पतालमा उपचाररत कञ्चन गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवक बिहीबार डिस्चार्ज भएको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

यसैबीच, सैनामैनामा ११ महिने बालकसहित थप पाँचजनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार ११ महिने बालकसहित थप पाँचजनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गहुँबाली अनुसन्धान केन्द्र भैरहवामा गरिएको पीसीआर परीक्षणमा वडा नं १ का एकजना र वडा नं ४ का चारजनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७०२:५८

आजदेखि खुल्दै सरकारी कार्यालय, दुई सिफ्टमा सञ्चालन ! कति बजे देखि कति बजे सम्म ?