एजेन्सी – सीमा क्षेत्रमा हालसालै उत्पन्न भएको विवाद र झडप पश्चात यूपी पुलिसले निगरानी र सतर्कता बढाएको छ। नेपालको सशस्त्र प्रहरी बलसंग भएको झडपमा परी एक जनाको ज्यान गएपछि यूपी पुलिसले निगरानी र सतर्कता बढाएको हो।
भारतीय संचार माध्यमहरुका अनुसार यस घटना पश्चात सीमा क्षेत्रमा खुफिया एजेन्सीहरूलाई पनि सक्रिय बनाएको छ। नेपाली पक्ष माथि निगरानी राख्नको लागि खुफिया एजेन्सीहरूलाई सक्रिय बनाइएको भारतीय संचार माध्यमहरुको दावी छ।
यूपीका ६ जिल्ला गोरखपुर, महराजगंज, बहराइच, बलरामपुर, लखीमपुर खीरी र पीलीभीतसँग नेपालको सीमा जोडिएको छ। यस्तै त्यस क्षेत्रमा केहि क्षेत्रमा सीमा विवाद पनि रहेको भन्दै सतर्कता बढाइएको भारतीय संचार माध्यमहरुको दावी छ।
“नेपालसँग उत्पन्न विवाद पश्चात यूपी पुलिसले नेपाल सीमामा निगरानी र सतर्कता बढाएको छ। खुफिया एजेन्सीहरूलाई पनि सतर्क गरिएको छ। सीमानाबाट नेपालमा नजर राख्ने निर्देशन पनि दिइयो। नेपालको तर्फबाट खुरापात नहोस् भन्नको लागि यसो गरिएको हो।”,समाचारमा भनिएको छ।