अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न नपाइने, स्थानीय तहको अनुमति अनिवार्य !

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्नको लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्नको लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो।

जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

यस्तो व्यवस्था गरिएसँगै अब नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।

जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने व्यवस्था रहेको छ। साथै काठमाडौँबाट बाहिर जानेले पनि अत्याश्यक काम खुल्ने कागजात पेश गर्नुपर्नेछ।

सरकारले लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौँ उपत्यका प्रवेशमा कडाई गरिएको छ। काठमाडौँ जिल्लामा जसतै उपत्यकाका अन्य जिल्लामा पनि उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था लागू गरिएको छ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७०९:१८

जब एक कोरोना संक्रमितको उपचारको बिल ११ लाख डलर अर्थात् झण्डै १४ करोड आयो…