आज एकै दिन ४ सय २५ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ३७५ जना पुरुष र ५० जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ६१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। आइतबार डिस्चार्ज हुनेहरुमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ९ सय ७४ पुगेको छ। अहिले सम्म ८ सय ७७ जना पुरुष र ९७ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ३३ हजार ३ सय ७७ पिसिआर परीक्षण र २ लाख १० हजार ७ सय २९ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार ८९ पिसिआर परीक्षण र २० हजार १ सय ३९ आरडीटि परीक्षण भएको छ।

बितेको २४ घण्टामा कुल २६ हजार २ सय २८ परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७१०:४२

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक !