भोलि असार १ गते, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक रुपबाट अस्वस्थता अनुभव गर्नुहुनेछ । ज्वोरो, रुघा-खोकीले सताउनेछ। धर्मको कार्यमा लाग्दा खर्च हुनेछ । कसैको लालचमा नफस्नुहोस। तपाइको माताको स्वास्थ्य खराब हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाइको व्यापारबाट आम्दानीमा  वृद्धि हुनेछ। आफन्त तथा साथीहरुसंग रमाइलो समय बित्नेछ । यसदिन विशेषगरि महिला वर्गबाट लाभ हुनेछ। जीवनसाथीको सम्बन्धमा प्रगाढ आत्मियताको अनुभव गर्नुहुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाइको हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ हुनेछ । घर, आफिस तथा सामाजिक क्षेत्रमा अनुकूल वातावरण हुदा प्रसन्नताको अनुभव हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ । गृहस्थ जीवनमा आनन्द छाउनेछ। र उत्तम सांसारिक सुख प्राप्त गर्नसक्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक मानसिक स्वास्थ्यको साथ-साथै भाग्यवृद्धिको अवसर आउनेछ । विदेशबाट  शुभ समाचार मिल्नेछ । धार्मिक कार्यमा समय बित्नेछ । पारिवारिक सदस्यको साथ राम्रो समय बित्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान राख्नुहोस्। बिरामीको कारण अस्पतालमा खर्च गर्नुपर्नेछ। तपाई आफ्नो रिस र बोलिलाई संयम राख्नुहोस्। पारिवारिक सदस्यको साथ मनमुटाव हुनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

सामाजिक र सार्वजनिक क्षेत्रमा ख्याति प्राप्त हुनेछ । स्त्री वर्गबाट विशेष लाभ हुनेछ। दाम्पत्य-जीवनमा खुसियाली छाउनेछ। नया वस्त्र किन्ने तथा लगाउने योग रहेको छ । यात्राको सम्भावना रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन जागिर तथा व्यवसाय गर्नेको लागि अत्यन्त लाभदायक रहेको छ । जागिर गर्नेहरुको लागि सफलता मिल्नेछ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। प्रतिस्पर्धिसंग बिजयी हुनेछ । कार्यालयमा सहयोगीहरूको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन तपाइको शारीरिक र मानसिक स्फूर्तिमा अभाव रहेनछ । परिवारमा झगडाको वातावरण रहदा तपाइको मन उदास हुनेछ। अनिन्द्रले सताउनेछ।  सार्वजनिक जीवनमा अपमानित  हुनेछ । धन हानी हुनेछ। नदी, पोखरी र समुद्र जस्ता जलाशयहरूसँग सावधान रहनुहोस्।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाइको पुरै सुखमय रहेनछ । अनुकूल परिस्थिति निर्मित हुदा तपाई हरेक कार्य सरलतापूर्वक गर्नसक्नुहुनेछ। मन प्रसन्नता रहेनछ। व्यापार-धन्दाबाट आर्थिक लाभ प्राप्त हुनेछ। दाजुभाईसंग राम्रो समय बित्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मनमा दुविधा हुदा तपाईमा निर्णयशक्तिको अभाव पैदा हुनेछ। स्वास्थ्य खराब हुनेछ। बोलीमा संयम अपनाउनुहोस्। नत्र वादविवादमा पर्दा आफन्तसंग मनमुटाव हुनेछ। कार्यमा कम सफलता मिल्नेछ। अनावश्यक खर्च र  धनहानिको योग रहेको छ। बिधार्थीको पढाईमा अवरोध आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाई आनन्द, उत्साह र प्रशन्नताको अनुभव गर्नुहुनेछ। नया कार्यको सुरुवात गर्दा लाभदायक साबित हुनेछ। यात्राको योग रहेको छ। धार्मिक कार्यमा खर्च हुनेछ। निर्धारित कार्य सफल हुनेछ। दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ। परिवारमा शान्तिको माहोल बन्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

आनन्द, उत्साह र तन-मनको प्रशन्नताले तपाइको दिनमा चेतना र स्फूर्तिको संचार गर्नेछ। नया कार्य सुरुवात गर्नुभयो भने त्यसमा सफलता मिल्नेछ।  दाम्पत्य जीवन आनन्दमय रहनेछ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७१३:०१

भोलि असार २ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!