आमा सम्झिँदै सुशांतले गरेका थिए अन्तिम पोस्ट: भनेका थिए- “सकिँदै गरेको जीवनमा…”

एजेन्सी – आइतबार बलिउड अभिनेता सुशांत सिंह राजपूतको निधन भएको छ। उनी आफ्नै घरमा झु-न्डि-एको अवस्थामा फेला परेका हुन्। उनले आ-त्मह-त्या गरेको विषयमा अहिले मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ।

बताइएअनुसार, उनी केहि समय देखि डिप्रेशनमा थिए। तर, उनी डिप्रेसनमा थिए अथवा थिएनन् भन्ने बारे एकिन भने भइसकेको छैन। सामाजिक संजालमा प्राय सक्रिय रहने उनी जून ३ देखि कम सक्रिय रहेको पाइएको छ। उनले आफ्नो इन्स्टाग्राममा पछिल्लो पोस्ट जून ३ मा गरेका थिए। त्यसयता उनले इन्स्टाग्राममा कुनै पनि पोस्ट गरेका छैनन्।

इन्स्टाग्राममा उनले अन्तिम पोस्ट आफ्नी आमाका बारेमा गरेका थिए। आफ्नी आमाको सम्झनामा तस्विर सहितको क्याप्सनमा उनले सकिँदै गरेको जीवन, धमिलो अतीत र खुसिको खोजीको बारेमा पोस्ट गरेका थिए।

“आँसुसँगै वाष्पीकरण भएको धमिलो अतीत, केही मुस्कान कोर्दै गरेको अन्तहीन सपना र सकिँदै गरेको जिन्दगि। यिनैसँग सम्झौता हुँदैछ, आमा !”,भावुक हुँदै उनले लेखेका थिए।

उनको आमाको सन् २००२ मै निधन भएको बताइन्छ। आमाको निधन हुँदा उनी मात्रै १६ वर्षका थिए। सामाजिक संजालमा उनी आफ्नी आमालाई लिएर विभिन्न पोस्टहरु गर्ने गर्थे।

परिवारमा उनका दुई दिदी र पिता मात्र छन्। एक्लो छोराको निधन भएपछि सुशांतक पिता अहिले विक्षिप्त अवस्थामा रहेको बताइन्छ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७१२:१२

चलचित्र मार्फत जे गर्नुहुँदैन भनेर पाठ पढाए, तर आफूले चाहिं त्यहि गरे…