एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनले अहिले पूरै बलिउड शोकमा छ। विश्वभर रहेका उनका समर्थकहरुले दुख व्यक्त गरिरहेका छन्।
धेरै जस्तोले उनको निधनलाई स्वीकार्न सकिरहेका छैनन्। उनले आ-त्मह-त्या गरेको भनेर विश्वासै गर्न नसकिएको धेरैको प्रतिक्रिया छ। ‘चलचित्र मार्फत जे गर्नुहुँदैन भने पाठ पढायौ, आफूले भने त्यति गरेउ’ भन्दै उनका प्रशंसक सामाजिक संजालमा बिलौना गरिरहेका छन्।
उनको निधनसँगै अहिले धेरै जना चलचित्र ‘छिछोरे’ सम्झिरहेका छन्। छिछोरेमा उनले अनिरुद्ध पाठकको भूमिका निभाएका थिए। चलचित्रको कहानी अनुसार, अनिरुद्धले राम्रो अध्ययन गरेर एक शानदार क्यारियर बनाएको हुन्छ, तर उसको छोरा राघव भने ईन्जिनियरि प्रवेश परीक्षामा असफल हुन्छ। जसपश्चात उनले भवनबाट हामफालेर आ-त्मह-त्या गर्न खोज्छ।
गम्भीर अवस्थामा राघवलाई अस्पताल भर्ना गरिन्छ। उसले जिउने सोचनै त्यागिसकेको हुँदा उसको स्वास्थ्यमा सुधार नभएको चिकित्सकहरुले बताउँछन्। जसपश्चात अनिरुद्ध छोरालाई असफलता जीवनको एक पाटो भन्ने बुझाउन थाल्छ। जसक्रममा उ आफ्नो कलेज जीवनबारे छोरालाई सुनाउँछ। यसरी उसले छोरामा जिउने आशा जगाउँछ।
सुशान्तको निधन सँगै धेरैलाई असफलता बिना जीवन सफल हुँदै भन्ने सन्देश दिने यस चलचित्र याद भैरहेको छ। त्यसैले सामाजिक संजालमा उनका प्रशंसक भनिरहेका छन्,”चलचित्र मार्फत जे गर्नुहुँदैन भने पाठ पढायौ, आफूले भने त्यति गरेउ’