भोलिदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर विजोर प्रणाली लागू हुने !

सांकेतिक तस्विर

काठमाडौँ – सोमबार देखि सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

गृह मन्त्रालय निर्देशन दिएसँगै सोमबार देखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको हो।

यस अगाडी मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरे पनि जोर विजोर लागू हुने या नहुने स्पष्ट नपारेको कारण अन्योलता शिर्जना भएको थियो। मन्त्रिपरिषद् बैठकले मोटरसाइकल र स्कुटरमा जोर विजोर लागू गर्ने बारे नखुलाएका कारण विवाद उत्पन्न भएको थियो।

गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न आफू मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिसकेको छ। सोमबार देखि लागू हुने प्रणाली अनुसार जोर गते जोर र विजोर गते विजोर नम्बर भएका सवारी साधन सञ्चालन हुनेछन्।

जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने व्यवस्था गरिसकेको छ। उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू भएको छ।

भएको निर्णय अनुसार, ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पाङ्गे सवारी साधन ( मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइन्छ।

कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइँदैन । पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने बताइएको छ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७१५:३७

सुगौली-सन्धि अघि नै कालापानीलाई भारतले नेपालको स्वीकार गरेको खुलासा, गोप्य पत्र’ बाहिरियो !