अण्डा हामीले प्राय खाइरहने खानेकुरामा नै पर्छ । यो हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । यसले हाम्रो शरीरलाई प्रसस्त मात्रामा पौष्टिक तत्व दिने काम गर्छ । त्यसैले यसले हाम्रो शरीरको बिकासमा निकै ठुलो भूमिका खेल्ने गर्छ । हामीले सधैं अण्डा खाइरहने भएता पनि हामीलाई अण्डाको बारेमा कति कुराहरु थाहा नहुनसक्छ ।
अण्डाको बारेमा केहि तथ्यहरु यस्ता छन् :
– अण्डाले मुटुको समस्या बढाउने होइन घटाउने गर्छ । एक अध्ययन अनुसार अण्डामा हुने एन्टीअक्सिडेन्ट्सले मुटुको समस्या र क्यान्सरको सम्भावना कम गर्दछ ।
– अण्डा लाई धेरै समय बाहिरी वातावरणमा राख्दा यसमा हुने साल्मोनेला ब्याक्टेरियाको संख्या दुई गुणा बढ्छ । फिज्रमा कम तापमानमा (धैरै चिसो होइन) राख्दा अण्डा फ्रेस रहन्छ ।
– अण्डामा फ्याट र क्यालोरि कम हुन्छ । अण्डा खाँदा मेटाबोलिजम बढ्छ अनि निकै बेरसम्म भोक लाग्दैन । जसको कारण तौल घटाउन मद्धत मिल्छ ।
– गर्मी होस् या जाडो दैनिक अण्डा खादा बेफाइदा हुँदैन । यो एक सम्पूर्ण डाइट हो । प्रोटिन, क्याल्सियम, आइरन अनि फस्फोरस जस्ता पोषक तत्व अण्डमा पाइन्छ ।
– विश्व स्वास्थ्य संगठनको अनुसार अण्डाको सेतो भागमा पहेँलो भाग भन्दा दुई गुणा बढी प्रोटिन पाइन्छ । यदि प्रोटिनको लागि अण्डा खाने हो भने सेतो भाग खान छुटाउनु हुँदैन ।
– अण्डाले रगतमा कोलस्टोरको स्तरलाई कुनै असर पुर्याउँदैन । दैनिक एक वा दुई अण्डा खानु निकै फाइदाकारी मानिन्छ ।