उमेर बढ्दै जादाँ मानिसको शरीरमा क्याल्सियम, आइरन लगायतको पोषक तत्वको कमी हुने कुरा ‘द नेशनल डाइड एण्ड न्यूट्रिशन’को सर्वेले बताएको छ । करिब ३० वर्ष भन्दा बढि उमेर लागेपछि रोगप्रतिरोधात्मक क्षमतामा कमी आई यस्ता पोषक तत्वको कमी हुनेछ । जसको कारणले धेरैलाई विभिन्न रोगले संक्रमण गर्दछ । अतः ३० वर्ष पुगिसकेपछि खानपान, योगाध्यान जस्ता कुरा ध्यान दिनुपर्दछ । यस्ता कुरामा ध्यान दिएमा निरोगी भई जीवन बिताउँन सकिनेछ ।
धेरै डाक्टरहरुले बताएका पनि छन् कि करिब ३० वर्ष भन्दा माथि उमेरका मानिसहरुलाई रोगले आर्कमण गर्ने सम्भावना अधिक हुन्छ भनेर । यो धेरैले बुझेको कुरा पनि हो, शारीरिक परिवर्तनको कुरा गर्ने हो भने तीस वर्ष कटेपछि मोटोपना, मासंपेशी कमजोर हुने, मुटुमा असर देखिने र मधुमेह जस्ता रोग लाग्ने गर्दछ । यस्तो रोगबाट पछिल्लो समयमा धेरै व्यक्तिहरु प्रभावित भएका छन् । रोग ल्याउन नदिनको लागी समयमै सचेत हुन जरुरी छ । आज हामी तपाईलाई ३० वर्षपछि रोग वा समस्या आउन नदिनको लागी कस्ता खानेकुरा खाने भन्ने बारेमा जानकारी दिदैछौं ।
१.दहि
सबैजसो व्यक्तिलाई दहि मनपर्दछ र धेरैले यसलाई मनपराएर खाने गर्दछन् । साहेत दहि खानको लागी मानिसलाई त्यति धेरै समस्या पनि पदैन् । यसमा क्याल्सियमको साथमा प्रोबायोटिक ब्याक्टेरिया पाइन्छ । जसको नियमित रुपमा सेवनले माटोपनाको समस्या घटेर जान्छ ।
२.बदाम
लामोसमय सम्म बच्चा नभएर धेरै व्यक्तिहरु चिन्तामा परेमा छन् । अझ् ३० वर्ष भन्दा माथिका छन् भने त उनीहरुमा धेरै नै चिन्ताले सताएको हुन्छ । बदाममा भिटामिन बी सिक्स र फोलिक एसिड पाइन्छ । यसलाई डाइडमा सामेल गराएमा मेमोरी तेज भई बाझोपनाको समस्याबाट पनि मुक्ति पाइनेछ ।
३.गोलभेंडा
गोलभेडा सबैको भान्सामा पाइन्छ । यसलाई तरकारी, अचारमा वा सलादमा सामेल गराएर सेवन गर्न सकिन्छ । धेरैलाई त गोलभेडा नभई खाना पनि रुच्दैन् । गोलभेडामा विशेषतः फाइबर, फ्लेवोनाइड्स, भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ । जसले तौललाई मात्र कम नगरी सुन्दरतामा समेत निखारता ल्याई जवान राख्नमा मद्दत गर्दछ । त्यस्तै राजमा सिमीमा पनि एन्टिअक्सिडेन्ट हुने भएकाले यसको सेवनले छालाको चाउरीपनालाई कम गराई घामको किरणले छालामा पुर्याउको क्षतीलाई कम गर्दछ ।
४.माछा र अण्डा
यदि मासंहारी हुनुहुन्छ भने माछाको सेवन लाभदायक छ किनकि यसमा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । माछालाई भोजनमा हप्ताको १ वा दुई चोटि सामेल गराएमा मुटुको समस्या र डिप्रेशन हुनबाट बच्न सकिन्छ । त्यस्तै अण्डामा भिटामिन ए र फस्फोरस पाइन्छ यसबाट आँखामा समस्या देखापर्ने सम्भावना एकदमै कम हुन्छ भने आँखा पनि स्वस्थ रहन्छ ।
५.दूधः
दुधमा भरपुरमा मात्रामा पोषकतत्व हुनुको साथमा एन्टीअक्सिडेन्ट र प्रोटिन हुन्छ । दैनिक रुपमा बेलुका सुत्नुभन्दा अगाडी एक गिलास दुध पिउनाले मासंपेशी बलियोे भई छालाको लागी पनि उत्तिकै फाइदा गर्दछ । दुधले त्वचामा लोसनले जसरीनै काम गर्दछ ।
६.ओट्स
ओट्स पनि धेरै फाइदाजनक छ । यसमा पाइने फाइबर, कार्बोहाइड्रेटले पाचन क्रियालाई बलियो बनाई तौल समेत घटाइदिन्छ । ओट्सलाई बिहानको नास्ता वा दिउँसोको खाजामा समेत सामेल गराउन सकिनेछ ।
७.पालुङ्गो
हरियो सागसब्जीको आवश्यकतासगैं पालुङ्गोको सागको पनि उत्तिकै महत्व रहेको छ । यसमा भिटामिन डीको साथमा आइरन पनि पाइन्छ । यसको सेवनले रक्तअल्पता र हड्डी सम्बन्धीत समस्याबाट बचाउँने काम गर्दछ । त्यस्तै कहिलेकाहि डार्क चकलेट खानुपर्दछ । जसमा फ्लेवोनाइड्स र एन्टीअक्सिडेन्ट हुन्छ । यसले मनलाई आनन्द बनाई अनुहारमा चाउरीपना पर्न पनि दिदैन् ।