माछापुच्छ्रे हाँस्न खोज्दा सिंगो गाउँ रोयो !

दुर्गाप्रसाद शर्मा, दुर्लुङ, पर्वत – रातभरको मुसलधारे वर्षापछि बिहान मौसम केही खुल्दै थियो । सफा मौसममा माछाको पुच्छरजस्तै देखिन्छ माछापुच्छ्रे हिमाल दुर्लुङ गाउँबाट । रातभरको झरीमा रुझेर होला बिहान घामसँगै कुहिरोको बीचबाट निस्केर मुस्कुराउने प्रयासमा थियो माछापुच्छ्रे हिमाल । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

रातभर रुझेको माछापुच्छ्रेले पुच्छर निकालेर मुस्कुराउन खोज्दा हिमालसँगै हाँस्न सकेका थिएनन् दुर्लुङबासी । शनिबार राति आएको मुसलधारे वर्षापछि आएको पहिरोले तीन घर बगाएको थियो भने दुई घरमा रहेका सबै परिवारका सदस्यलाई सधैंका लागि नफर्कने गरी संसारबाट चुँडेर लगेको थियो । झरीपछि आकाश खुले पनि दुर्लुङबासीका आँखामा निरन्तर आँशु बगिरहेका थिए ।

पहिरोमा परी ज्यान गुमाउनेका परिवार र आफन्त मात्रै होइन सिंगो गाउँ नै आँशुमा डुबेको थियो । झरीपछि मुस्कुराउन थालेको माछापुच्छे« हिमालले गिज्याएका भान हुन्थ्यो । सधैं माछापुच्छ्रेसँगै हाँस्ने दुर्लुङबासी आइतबार शोकाकुल थिए ।

कास्कीको पोखरा भदौरेबाट पहिरोमा आफन्त पुरिएको थाहा पाएर दुर्लुङ आउँदै गरेका आफन्तहरू घरनजिक पुगेपछि भक्कानिए । माछापुच्छे« पछाडि हाँसिरहँदा उनीहरू अँगालो मारेर आफन्त गुमाएको पीडामा भक्कानिँदै थिए ।

‘मेरो राजा, मेरो बाबु यसरी छाडेर किन गयौ नि’ भन्दै आफन्तहरू रुँदा सबैका आँखा रसाएका थिए । पहिरोमा पुरिएकी २६ वर्षीया कमला विक र ८ वर्षीया छोरी प्रमिशा विकको मृत्यु भइसकेको छ । कमलाका १३ वर्षीय छोरा जेनिश बेपत्ता छन् ।

कमलाको परिवार मात्रै होइन पहिरोमा पुरिएका ९ मध्ये ८ जनाको शव भेटिएको छ भने अझै एक जना बेपत्ता रहेका छन् । पहिरोमा पुरिएकामध्ये ६० वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, छोरी ३० वर्षीया दीपा थापा, नातिहरू विवेक थापा, सम्राट थापा, नातिनी विविशा थापाको मृत्यु भइसकेको छ ।

पर्वतको सदरमुकाम कुस्माबजारसमेत रहेको कुस्मा नगपालिका–३ दुर्लुङ गाउँमा पनि काउले गाउँ पहिरोबाट सबैभन्दा सुरक्षित गाउँ मानिन्थ्यो । माथि घना जंगल तल बस्ती थियो ।

‘पहिरो आउने कल्पनासम्म कसैले गर्नै सक्दैन’, स्थानीय सूर्यबाबु गिरीले भन्नुभयो– ‘सबैले सुरक्षित बनेको गाउँमा काल बनेर पहिरो आयो ।’ गिरीको पनि घर पुरिएको छ । कुखुराको मासु पसल भएकाले ग्राहक मासु लिन आएकाले उठेर मासु दिँदा पहिरो आएको थाहा भएपछि उहाँका बाबुको पनि ज्यान बचेको छ ।

प्रकाशित : सोमबार, असार ०१, २०७७०२:५९

अनिवार्य क्लिनफिड लागू गर्ने तयारी !