काठमाडौँ – नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ अहिले पुर्ख्यौली गाउँमा छन्। लकडाउन भएपछि उनी आफ्नो पुर्ख्यौली गाउँ पुगेका हुन्। अहिले उनी खेतीपातीमा व्यस्त छन्।
लकडाउन खेतीकिसानीमा रमाइरहेका उनका तस्वीरहरु सामाजिक सञ्जालमा देखिँदै आएका छन्। सामाजिक संजालमा उनका तस्विरहरु भाइरल नै छन्। उनको सरल र साधारण जीवनले धेरैलाई चिकित मात्र होइन प्रेरित पनि बनाएको छ। असार महिना सुरु नहुँदै उनले धान रोप्न शुरु गरेका थिए। धान रोपिसकेपछि उनी अहिले त्यसैको रेखदेखमा छन्।
आफ्नो गाउँले जीवन देखेर सर्वत्र तारिफ गरिएपछि उनले सबैलाई धन्यवाद दिँदै उनले आत्तिन र मात्तिन नहुने बताएका छन्। सामाजिक संजाल मार्फत उनले यस्तो बताएका हुन्।
मनोरन्जन उध्योग निर्दयी हुन्छ भन्ने कुरा आफूले भोगिसकेको उल्लेख गर्दै उनले सफल-बिफल, माया-घृणा,आफु चल्न ‘प्रतिद्वन्दी’ ले गर्ने निकृष्ट व्यवहार सबै अत्यासलाग्दो हुने बताएका छन्। यसबाट बचाने उपाय भनेको-आफ्नो जरासँग जोडिएर बस्ने हो भन्ने उनको बुझाई छ।
“धेरैले मेरो गाऊँले जीवनको तारफि गरे। धन्यबाद।मनोरन्जन उध्योग निर्दयी हुन्छ।मैले यसका सबै पक्ष भोगेको छु।सफल-बिफल, माया-घृणा,आफु चल्न ‘प्रतिद्वन्दी’ ले गर्ने निकृष्ट व्यवहार सबै अत्यासलाग्दो हुन्छ। यसबाट बचाने उपाय भनेको-आफ्नो जरासँग जोडिएर बस्ने हो।नमात्तिने,नआत्तिने,बाँचिरहने।।।”,उनले फेसबुकमा लेखेका छन्।
यस्तै अर्को एक पोस्टमा उनले हिलाम्मे भएर पल्टिएको तस्विर शेयर गरेका छन्। खेतको हिलो फोहर नभएका कारण धुन हतारिनु नपर्ने उल्लेख गरेका छन्। खेतको हिलोलाई उनले स्वच्छ माटो र पानीको मिश्रण भनेका छन्।
“थकाइ लाग्यो, ओभानो ढुंगामा पल्टियो, न खेतीको हिलो पुछेर स्वांग गर्नु पर्यो… यो खेतको हिलो हो, फोहर भए पो धुन हतारिनु। यो त खेतको स्वच्छ माटो र पानीको मिश्रण हो। आहा जिन्दगी।”,उनले लेखेका छन्।

