कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, आज मात्रै ४५१ संक्रमित थपिए !

काठमाडौँ – सोमबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४१६ जना पुरुष र ३५ जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। सोमबार डिस्चार्ज हुनेहरुमा ७ जना महिला र ६० जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ४१ पुगेको छ। अहिले सम्म ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ३८ हजार ६ सय ८३ पिसिआर परीक्षण र २ लाख १९ हजार ३ सय ३६ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ५ हजार ३ सय ६ पिसिआर परीक्षण र ८ हजार ६ सय १५ आरडीटि परीक्षण भएको छ।

प्रकाशित : सोमबार, असार ०१, २०७७१०:४२

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या हजार नाघ्यो !