भोलि असार २ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाइको हरेक कार्यमा उत्साह र उमंग झल्किएको देखिन्छ । तपाई  मनमा ताजगी अनुभव गर्नुहुनेछ। पारिवारिक वातावरण खुसियाली रहनेछ । साथीहरुसंग आनन्दको समय बित्नेछ।  यात्राको योग रहेको छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

क्रोध र निराशाको भावना तपाइको मनमा हावी हुनेछ। शारीरिक स्वास्थ्यले पनि साथ दिदैन । घर परिवार तथा खर्चको मामिलामा चिन्ता रहनेछ। तपाईको उग्ररुपले कसैको साथ झगडा र मनमुटावको कारण बन्नसक्छ। परिश्रम व्यर्थ हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारमा खुसि र आनन्दको माहोल रहेनछ। जागिरमा तपाईलाई लाभ मिल्नेछ। उच्च अधिकारीहरूले तपाईको कार्यको प्रशंसा गर्नेछन्।वैवाहिक योग रहेको छ। आय वृद्धि हुने सम्भावना रहेको छ। सन्तानको तर्फबाट राम्रो समाचार मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाई आफ्नो घरको सजावटमा विशेष ध्यान दिनुहुनेछ। नया समान किन्ने योग रहेको छ । व्यापारी तथा जागिर गर्नेहरुले लाभ तथा पदोन्नतिको आश राख्ने गर्दछ। पारिवारिक सुख-शान्ति बनिरहनेछ। सरकारी लाभ मिल्नेछ । तपाइको मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाइको स्वभावमा उग्रता र क्रोध रहेको कारण यसदिन तपाईलाइ कुनैपनि काम गर्न मन लाग्दैन। वादविवादमा आफ्नो जिद्दीपनको कारण जुनसुकै समस्या सामना गर्नुपर्नेछ। स्वास्थ्यको ध्यान राख्नुहोस। धार्मिक यात्राको आयोजना हुनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईले नया कार्यमा हात नहाल्नुहोस्। बाहिरी खाने कुराले स्वास्थ्य खराब हुने सम्भावना रहेको छ। रिसलाई नियन्त्रणमा राखेर मौन बस्नु नै उचित हुनेछ। धेरै धन खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन प्रेम, रोमान्स र  मनोरन्जनको साथ बित्नेछ। तपाईले सार्वजनिक जीवनमा महत्व पाउनुहुनेछ। यश र प्रसिद्धि बढ्नेछ। दाम्पत्य सुख र सवारीबाट आनन्द मिल्नेछ।  साथीहरुसंग यात्रा हुने सम्भावना रहेको छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन तपाई घरमा अनिश्चितता र खुशीको साथ समय बिताउनुहुनेछ। शारीरिक तथा मानसिक प्रसन्नताले कार्य गर्न उत्साह प्रदान गर्नेछ अफिसमा स्टाफको सहयोगले धेरै अधुरो कार्य पुरा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाई कुनै पनि यात्रा गर्दै हुनुहुन्छ भने स्थगित गर्नुहोस। कार्यमा असफलताले तपाईमा निराशा निम्त्याउछ। पेटसम्बन्धी रोगले सताउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाईले कठिनाईको सामना गर्नुपर्नेछ। परिवारको झगडाले तपाईलाई चिन्तित बनाउछ। सार्वजनिक जीवनमा अयोग्यता वा बेइमानीले तपाईको प्रतिष्ठालाई हानी पुर्याउनेछ । पर्याप्त आराम र अनिन्द्राले स्वास्थ्य खराब हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाईको दिमागले धेरै राहत पाएको महसुस गर्नेछ।  शारीरिक स्वस्थताले तपाइको उत्साहमा वृद्धि गर्नेछ । घरमा साथी र प्रियजनहरूको आगमनले माहोल रमाईलो हुनेछ। यात्रा गर्ने सम्भावना रहेको छ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

यसदिन तपाई आफ्नो खर्चलाई नियन्त्रण गर्नुहोस। कसैसँग झगडा हुने सम्भावना रहेको छ। आर्थिक मामिला या लेनदेनमा सावधान रहनुस। पारिवारिक सदस्यको साथ झगडा हुनेछ ।

प्रकाशित : सोमबार, असार ०१, २०७७११:३९

आज असार २ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!