काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेको संख्या हजार नाघेको छ। बितेको २४ घण्टामा ६७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुने संक्रमितको संख्या हजार नाघेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा जना महिला र ६० जना पुरुष डिस्चार्ज भएको जानकारी दिए।
कोभिड-१९ अस्पताल जनकपुरबाट २४ जना पुरुष, पाटन अस्पतालबाट ३ महिला र १ पुरुष, कोभिड-१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट २ महिला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट १ महिना र १ पुरुष कलैया अस्पताल बाराबाट ६ पुरुष, साइ-कृष्ण आइसोलेसन सप्तरीबाट १७ जना पुरुष, दाङको कोरोना अस्पतालबाट १ महिना र ११ पुरुष बितेको २४ घण्टामा निको भएर घर फर्किएको गौतमको भनाई छ।
यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ४१ पुगेको छ। अहिले सम्म ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला कोरोना जितेर फर्किसकेका छन्।
सोमबार नेपालमा ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४१६ जना पुरुष र ३५ जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।

