मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
असार महिना मेष राशि हुनेहरुको लागि धेरै शुभ रहनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। हरेक आर्थिक योजना सफल हुनेछन्। स्वास्थ्य पनि साथ दिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। समाजमा आफ्नो वर्चस्व बढ्नेछ। नयाँ सम्बन्धहरु कायम हुँदा नयाँ अवसरहरु प्राप्त हुनेछन्। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

असार महिना वृष राशि हुनेहरुका लागि मिश्रित रहनेछ। वचन पुर्याउन नसक्ता आलोचनाको पात्र भैनेछ। आफ्नो क्षमता भन्दा बढी आश्वाशन दिँदा लजित भइन सकिएला। अनावश्यक रुपमा विवाद बढ्नेछन्। यधपी आर्थिक रुपमा भने महिना धेरै लाभप्रद रहने देखिन्छ। घर-जग्गा तथा गरगहना जोड्ने अवसर पनि जुर्नेछ। खान-पानमा ध्यान दिनु होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। केही खर्च लागे पनि यात्राले राम्रो लाभ दिलाउनेछ । अनावश्यक चिन्ताबाट भने टाढा रहनु होला। निर्णय गर्दा गरिएको हतारोले समस्या पैदा गर्न सक्छ। बोलि तथा व्यवहारमा नियन्त्रण नभए बन्न लागेका कार्य पनि बिग्रिन सक्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक रुपले कर्कट राशि हुनेहरुका लागि महिना खासै सुखद रहने देखिँदैन। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। नयाँ कार्य थालनीको लागि असार महिना खासै शुभ नहुन सक्छ। स्वास्थ्यमा पनि समस्या देखिन सक्ला। परिवारजन तथा आफन्तजनसंगको सम्बन्धमा भने सुधार आउने देखिन्छ। प्रेम जीवन पनि सफल नै रहला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशि हुनेहरुका लागि महिना धेरै नै शुभ रहनेछ। महत्वपूर्ण सामाजिक दायित्व पूरा गरी मान-सम्मान प्राप्त गरिनेछ। विभिन्न प्रतियोगिताहरुमा विजय हाँसिल गरिनेछ। महिना कलाकार तथा खेलाडीहरुको लागि शुभ रहन सक्ला। बल तथा बुद्धिको उपयोगले अधिकार प्राप्त गर्न सफल भइनेछ। काम गर्ने जोश र जाँगर बढ्नेछ भने रोकिएको काम पूरा हुनेछन् ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ । महिनाको मध्यमा यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायमा उल्लेख्य सफलता हाँसिल गर्न सकिनेछ। नयाँ क्षेत्रमा लगानी गरेर फाइदा उठाउने समय छ। प्रेम जीवनले उत्साह थप्ने देखिन्छ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ भने विद्यार्थीहरुका लागि पनि महिना उत्साहप्रद रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अवसरले पछ्याए पनि समयमा निर्णय गर्न नसक्दा अवसर गुम्नेछ। परिश्रम अनुसारको फल नमिल्दा मन किन्न हुनेछ भने उर्जा हराएर जानेछ। परिवारमा कलह बढ्न सक्ने हुँदा बोलि तथा व्यवहारमा नियन्त्रण राख्नु होला। अग्रजहरुको कुरा नसुन्ने बानिले समस्या शिर्जना गर्नेछ। सकेसम्म कतै टाढा यात्रा नगरेकै शुभ रहला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

महिना खासै शुभ देखिँदैन। पूराना स्वास्थ्य समस्या बल्झिन सक्छन्। खान-पानमा गरिएको लापरवाहीले नराम्रो असर पार्न सक्छ। यात्रा गर्दा संयमता अपनाउनु होला। आर्थिक रुपमा भने महिना मध्यम रहने देखिन्छ। खर्चमा नियन्त्रण राख्ने हो भने आर्थिक सङ्कट टरेर जानेछन्। परिवार तथा मित्रजनबाट उचित सहयोग मिल्नेछ। अध्ययनमा पनि सफलता मिल्न सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

असार महिनामा व्यस्तता बढ्ने देखिन्छ। परिश्रम अनुसारको फल नमिल्दा जाँगर गराएर जानेछ। नयाँ क्षेत्रमा प्रवेश गर्ने अवसर जुरेपनि समयमा निर्णय गर्न सकिनेछैन। मनमा बेचेनी रहला। शत्रु समेत हावी भएर जाँदा कार्यहरु असफल हुनेछन्। उच्च अधिकारीहरुसंगको सम्बन्ध बिग्रिन सक्ने हुँदा बोलिमा नियन्त्रण राख्नु होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सहयोगीहरूले राम्रो साथ दिनाले धेरै काम सम्पादन हुनेछन्। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् भने शत्रु आफैं पराजित हुनेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। सामाजिक कार्यमा रूची बढ्नेछ। राजनीतिक क्षेत्रमा रहनेहरुको लागि पनि महिना सुखद देखिन्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बोलि तथा व्यवहारक कारण धेरै काम बन्नेछन्। कार्यक्षमता प्रदर्शन गरेर धेरैको मन जित्न सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्ला। सानो प्रयत्नले पनि फाइदा दिलाउनेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। नयाँ कार्य थालनीको लागि पनि उचित वातावरण बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सामाजिक कार्यमा रूची बढ्नेछ भने परोपकारको क्षेत्रमा उल्लेख्य सहभागिता रहन सक्ला।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक रुपमा महिना खासै सुखद रहने देखिँदैन। प्रेम जीवन पनि खासै राम्रो नरहन सक्ला। यात्राका असवर प्राप्त भएपनि यात्रा निरर्थक रहनेछन्। स्वास्थ्यमा पनि समस्या पैदा हुन सक्ला। गरिएका कार्य सफल नहुँदा मानसिक रुपमा तनाव बढ्नेछ। आफ्नै भनिएकाहरुबाट धोका मिल्न सक्ने हुँदा सतर्क रहनु होला। साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउनेछ। कानुनी रुपमा रहेका समस्या देखि भने छुटकारा मिल्न सक्ला।

