बेथेको सागको फाइदै-फाइदा, क्यान्सरदेखि कपाल फुल्नेसम्म !

काठमाडौँ, प्रायजसो गाउँघरमा पाइने बेथेलाई तरकारीको रुपमा प्रयोग गरिने गरिन्छ । सामान्यतया दुई प्रकारमा पाइने बेथे हरियो पात भएको हन्छ भने अर्को रातो पात भएको हुन्छ । बेथेको सागले खोकी लाग्ने, पित्तको नाह गर्नुको साथै पेटको कब्जियत जस्ता समस्यालाई निको पार्ने र रक्त विकार बाट टाढा राख्ने भएकाले बेथेको तरकारी निकै लाभदायक रहेको छ ।

नियमित रुपमा बेथेको तरकारी सेवन गर्नाले वाथ, रक्त र त्वचा जस्ता समस्यालाई निको पार्छ । बेथेको तरकारी खानाले शरिरमा रहेको सबै प्रकारको विषलाई निवारण गर्ने भएकाले सागलाई विषदन नाम दिइएको छ । बेथेको पातमा अधिकमात्रामा पौष्टिक तत्व पाइने गर्छ । बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ भने सोना धातु पनि बेथे लगायत अन्य साग सब्जीमा पाइदैन् ।

बेथेलाई पंचाङ्ग औषधीको रुपमा लिने गरिन्छ । बेथेको पात, डाठ, जरा, फल, फुल लाई प्रयोग गरिदै आएको छ । डाठ र पातमा प्रोभिटन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा पाइन्छ । कुनै पनि किसिमको छालोको रोग लागेमा बेथेको पात पिसेर लगाएमा निको हुन्छ । यदि शरिरमा भएका कुनै पनि प्रकारको घाउ चोटपटक बाट लगातार रगत बगिरह्यो भने रातो बेथेको जरालाई पानीमा पिसेर पिएमा ठिक हुन्छ ।
पाठेघर वा मलद्धारबाट रगत बगनु, रुघाखोकी लाग्नु जस्ता समस्यालाई पनि बेथेको प्रयोगले निको बनाउन सकिन्छ ।

यदि गर्भवति महिलालाई रगत बग्ने समस्या आएमा पनि बेथेको जरालाई पिसेर यसरको रस पिएमा निको हुन्छ । गर्भ नबस्ने बसेको गर्भ पनि खेर जाने जस्ता समस्या भएमा पनि रजस्वाला भएको बेला बेथेको जरा पानीमा पिसेर खाँदा ठिक हुन्छ ।बेथेको तेललो पेप्टाइडमा एन्टि एफ्लेमेन्टरी गुण हुने हुँदा शरिरको दुखाइ कम गर्छ । पिलो, फोडा, र डण्डिफोरको दागमा बेथेको पातको पुल्टिस बनाएर लगाउँदा चाँढै निको हुन्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाएमा निको हुन्छ ।

बेथेले तौल घटाउन मद्दत गर्छ   : बेथेले बढ्दो क्रममा रहेको तौललाई घटाउँछ । हर्मोन स्तरलाई बढाउर भोकलाई दबउँछ । भोकको महसुस कम गर्छ । १५ प्रतिशत प्रोटिन हुने भएको कारण प्रोटिनले तौल घटाउन मद्दत गर्छ ।

रक्तचाप कम गर्छ :  बेथेमा फइबर र फिटोन्यूट्रीएन्ट्स नामको तत्व हुने भएकाले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसको कारण कोलेस्ट्रोल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट निको पार्छ र मुटुलाई स्वस्थ राख्छ ।

शरिरमा रगत बढाउँछ :  बेथेको पात, जरा, बिउ सबै औषधीको रुपमा प्रयोग गरिन्छ । पात र बिउमा प्रोटिन, भिटामीन ए र सी पाइने भएकाले ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लडने क्षमता हुन्छ । यसले रगतको मात्रालाइृ बढाउँछ ।

क्यान्सरको रोकथाम :  एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरलाई रोक्न मद्दत गर्छ । बेथेमा एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षति हुन बाट बचाउँछ ।

पाचन प्रक्रियामा सहजता  : ऐमरैन्थमा भएको फाइबर र अमिलो एसिडको कारण पाचन प्रक्रिया निकै सहज हुने गर्छ । यससले आन्द्रामा चिप्कएको मल दिहालाई निकालेर बाहिर धकेल्ने काम गर्छ । पेट सफा भएपछि पाचन शक्ति बढ्छ र बिरामीलाई रोगसँग लड्न सक्ने क्षमता बढ्छ ।

पिसाब जलन  : बेथेको रस केही दिनसम्म लगातार पिउने गर्नाले केही दिनमा नै मुत्र वृद्धि गर्छ र जलन ठिक हन्छ ।

रक्त बवासिर :  पिसाबमा रगत आउने समस्यालाई बेथेको पातको सर्बत बनाएर पिउनाले निको हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः शरिरमा चाहिने भिटामीन, खनिज शक्तिशाली एन्टी अक्सिडेन्टले शरिरको प्रतिरक्षा प्रणलीलाई ठिक ठाउँमा राख्ने भएकाले यसको लागि बेथेको साग प्रयोेग गर्नुपर्नेछ ।

स्तनको आकार बढाउका लागिः महिलाहरुले स्तनको आकार बढाउन चाहेमा पनि दजालसँग बेथेको साग पकारएर करिब ४० दिनसम्म लगातार खाने गर्दा स्तनको आकार बढ्छ ।

एनर्जी बुस्टरः केही साग सब्जीमा अमिनो एसिडको मात्र कम हुन्छ तर बेथेमा लाइुिन, एकदमै धेरै हुने भएकाले क्याल्सियमाको अवशोषित गर्नको लागि शरिरलाई उर्जा उत्पादन गर्न मद्दत गर्छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः कपाल फुल्ने झर्ने जस्ता समस्यालाई पनि बेथेको प्रयोगले कम गर्न सकिन्छ ।

पत्थरीः बेथेको सागले पत्थरीको समस्या भएकाहरुको लागि सहयोग गर्छ । बेथेको साग ४० दिनसम्म लगातार प्रयोग गर्नाले पत्थरी कम गर्छ ।

प्रकाशित : सोमबार, असार ०१, २०७७१५:१६

बच्चाहरूबारे १५ आश्चर्यजनक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन !