बच्चाहरूबारे १५ आश्चर्यजनक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन !

बच्चाहरूलाई भगवान्को रूप मानिन्छ । बाल्यकाल हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय हो । बाल्यकालमा हामीलाई केहीको पनि चाहना हुँदैन । सानो हुँदा धेरैले ठूलो भएपछि के बन्ने भनेर सोध्छन् । तर, यो प्रश्नको जवाफ ठूलो भएपछि फेरि बच्चा बन्ने रहर हुन्छ ।

यहाँ हामीले बच्चा र बाल्यकालबारे केही तथ्यहरू राखेका छौं, जुन तपाईंलाई थाहा नहुन सक्छ :

  • विश्वमा हरेक १ सेकेन्डमा ३ देखि ४ जना बच्चाले जन्म लिन्छन् । यसको मतलब एक मिनेटमा २ सय ५५ जना जन्मिन्छन् ।
  • बच्चा जन्मेपछि उसको शरीरमा एउटा पनि ब्याक्टेरिया हुँदैन ।
  • नवजात शिशुले जन्मेको दुई/तीन हप्ता ब्ल्याक र ह्वाइट मात्र देख्न सक्छन् । कयौं हप्तापछि सुरुमा देखिने रङ रातो हो ।
  • बच्चाहरूले जन्मेको ३ देखि ४ वर्षसम्म सपना देख्दैनन् ।
  • एउटा बच्चामा मान्छेको भन्दा ६० वटा हड्डी बेसी पाइन्छ ।
  • समयभन्दा पहिला जन्मिने बच्चाहरू बायाँहाते हुन्छन् ।
  • चीनमा हरेक ३० सेकेन्डमा एउटा अपांग बच्चा जन्मिन्छ ।
  • जो महिला आफ्नो गर्भावस्थामा घुर्छन्, उनीहरूको बच्चा अरूको तुलनामा सानो हुन्छन् ।
  • एउटा बच्चाको डाक्टरले दिएको मितिमा जन्मिने सम्भावना ४ प्रतिशत मात्र हुन्छ ।
  • एउटा नवजात शिशुमा एक कप रगत मात्र हुन्छ ।
  • बच्चाहरू जन्मेको ५ महिनापछि नै आफ्नो तौलको दोब्बर बढ्छन् । के तपाईं ५ महिनामा आफ्नो तौलभन्दा दोब्बर हुन सक्नुहुन्छ ?
  • साना बच्चहरूको पनि पीरियड हुन्छ । र, सबै बच्चाको स्तन हुन्छ ।
  • हरेक ३ वटा बच्चामा एउटा बच्चाको जीउमा जन्मको दाग हुन्छ । दाग केटाहरूमा भन्दा केटीहरूमा धेरै हुन्छ ।
  • हरेक दिन १२ नवजात शिशु अरू नै अमाबुबालाई दिइन्छ ।
  • केटाहरूको पनि स्तन र निप्पल हुन्छ । किनभने, सुरुमा गर्भमा भएको सबै भ्रुण केटीको हुन्छ ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित : सोमबार, असार ०१, २०७७१५:२७

अनुहारको दाग सजिलै हटाउनुछ ? घरमै यी मध्ये एक प्राकृतिक तरिका अपनाउनुस् !