महिनावारीको समस्या हरेक महिलालाई महिनाको एक पटक हुने गर्छ । यस समयमा उनीहरुलाई निकै गाह्रो हुने गर्छ । त्यसैले यस समयमा घरका अन्य सदस्यले उनीहरुलाई जतिसक्दो हेरचाहा गर्नुपर्छ । यस समयमा उनीहरुलाई भारी काम गर्न दिनु हुदैन । महिनावारी बारेमा महिलाहरुमा विभिन्न खालका भ्रमहरु हुने गर्छन । केहि भ्रममा सत्यता हुन्छ त केहीमा हुदैन । केहि भ्रमका कारण महिलाको स्वास्थ्यमा झन् ठुलो समस्या देखिने गर्छ । आज हामी यस समयमा महिलामा हुने केहि भ्रम बारेमा कुरा गर्न जादै छौँ ।
महिलामा हुने भ्रमहरु यस प्रकार छन् :
१) महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ : यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।
२) महिनावारी रगत फोहोर हुने गर्दछ : महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।
३) शारीरिक सम्बन्धसँग बच्नुहोस् : यदि तपाईं महिनावारीको दौरान सम्बन्ध राख्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सम्बन्धबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।
४) व्यायाम गर्नु हुँदैन : यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।
५) मासिक धर्मको पिडा : यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।
६) गर्भवती हुनसक्नुहुन्छ : यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।
७ ) मन लागेको जे पनि खान सक्नुहुन्छ : महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।