जब अचानक तपाईको खर्च बढ्न थाल्छ, पैसाको कमी हुन थाल्छ र हरेक काममा असफलता प्राप्त हुन थाल्दछ भने बुझ्नुहोस् कि तपाइको घरमा नकारात्मक उर्जाको प्रवेश भईसकेको छ । घरमा हुने सानो-सानो घटनामा धेरै संकेतहरु लुकेका हुन्छन् । यस्तोमा दरिद्रताको केही संकेतहरु यस प्रकार रहेका छन् जसलाई जान्न निकै जरुरी रहेको छ ।
१. शास्त्रमा घरमा धारा या भित्ताबाट पानी चुहिनु राम्रो मानिदैन । धारा बिग्रेर तप-तप पानि चुहिनु भनेको तपाइको आगामी समय खर्च बढेर जानेछ । त्यसैले सबै धारालाई तुरुन्तै बनाउनुहोस् । यो वास्तु दोषको संकेत हो ।
२. आजकल मानिसहरु घरमा नक्कली फूल राख्ने गर्दछन्, जसलाई वास्तु शास्त्रमा राम्रो मानिदैन । घरमा सजावटको लागी नक्कली फूलको सट्टा सक्कली फूललाई राख्नु पर्दछ ।
३. बारम्बार घरमा विधुतीय उपकरणहरु बिग्रन्छ भने तपाई माथी राहु ग्रहको छायाँ परेको छ । त्यसैले छिट्टै नै बिग्रिएका उपकरणलाई ठीक गर्नु पर्दछ । नत्र घरमा नकारात्मक उर्जा बढ्ने गर्दछ ।
४. जुन घरमा बिरालो आउने-जाने गर्दछ त्यहाँ पैसाको अभाव हुनुको साथै समस्याहरुको पहाड आइलाग्ने छ ।