चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको संक्रमण देखिए पछि कडा कदम उठाएइको छ । त्यहाँका केही जिल्लामा विद्यालय बन्द गरिएको र थुप्रै ठाउँमा सुरक्षा चेक पोस्टहरु स्थापना गरिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बेइजिङले कोरोना परीक्षणको दायरा बढाएको छ । यसलाई चीनमा कोरोना संक्रमणको दोस्रो लहरका रुपमा आशंका गरिएको बीबीसीले जनाएको छ ।
कोरोना संक्रममण देखिए पछि खेल तथा मनोरञ्जन क्षेत्र बन्द गरिएको छ । सुपर मार्केट र कार्यालयहरुमा तापक्रम जाँच गरेर मात्रै प्रवेश दिन सुरु गरिएको छ ।
बेइजिङको होलसेल मार्केटमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । यो बजारको महाप्रवन्धक र स्थानीय अधिकारीहरुलाई सरकारले वर्खास्त गरेको छ ।
चीनको वुहानबाट गत वर्षको अन्तिममा सुरु भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको भन्दै लकडाउन अन्त्य गर्दै जनजीवन सामान्य रुपमा चल्न थालेपछि पुनः कोरोना संक्रमण देखिन थालेको हो ।
चीनमा पछिल्लो समय विना लक्षणका कोरोना संक्रमित उच्च संख्यामा देखिन थालेका छन् ।
लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।