सुशान्तकी भाउजुको पनि एक्कासी निधन !

एजेन्सी – बलिउड अभिनेता सुशान्तले आफ्नो ज्यान फालेको केहि दिन बित्न नपाउँदै उनकी भाउजुको पनि निधन भएको छ । देवर सुशान्तको निधन भएको केहि दिन बित्न नपाउँदै भाउजु सुधा देवीको पनि निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उनको निधन भएको बताइएको छ। बताइएअनुसार, सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। त्यहाँ बस्ने उनको सुशान्त बितेको खबर पाएपछि निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार सुशान्त बितेको खबर पाएलगतै उनले खान-पिउन छाडेकी थिइन्।

सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर ज्यान फालेका थिए । उनको अन्तिम संस्कार पनि सोमबार मुम्बईको विले पार्ले श्मशान घाटमा गरिसकिएको छ ।

टिभीबाट आफ्नो अभिनय सुरु गरेका सुशांत सिंह राजपूतले हालैका वर्षहरूमा ठूलो पर्दाका चलचित्रहरुमा आफ्नो उल्लेखनीय सफलता हाँसिल गरेका थिए। उनले काई पो चेबाट फिल्म बलिउड करियर सुरु गरेका थिए। उनले चलचित्र ‘पिके’मा आमिरसंग पनि काम गरेका थिए।

‘डिटेक्टिव ब्योमकेश बक्शी’, ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ र ‘छिछोरे’ जस्ता सफल चलचित्रमा सुशांत लीड भूमिका निभाएका थिए।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०४:१६

“नेपाल पछि नहटे पुनः नाकाबन्दी लगाउन बाध्य हुन्छौं” – भारत