९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का !

काठमाडौँ – दोलखा सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ९ बजेर ५३ मिनेट जाँदा दोलखा सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु चीनसंगको सीमाना नजिकै रहेको बताइएको छ। उक्त भूकम्प ४ दशमलभ १ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यस भन्दा अगाडी गत हप्ताको सोमबार पनि नेपालमा भूकम्प गएको थियो।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

 

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०५:००

मनसुन सक्रिय : लगातार तीन दिन भिषण पानी पर्न सक्ने !