परिवारवादको बिरोध गर्दै वर्षाले शेयर गरिन आफ्नो पिडा, भन्छिन-‘म पनि डिप्रेस्ड थिए…’

काठमाडौँ, असार २ । अभिनेत्री वर्षा सिवाकोटीले नेपाली फिल्म इन्डस्ट्रीमा परिवारवाद भैरहेको भन्दै सामाजिक संजालमार्फत यसको बिरोध गरेकी छिन्। सिवाकोटीले मंगल बिहान एक लामो स्टाटस शेयर गर्दै फिल्म क्षेत्रमा भैरहेको परिवारवादबाट आफुले भोगेको पिडा मंगलबार बिहान फेसबुकमार्फत पोखेकी हुन् । उनले लेखेको स्टाटस जस्ताको तस्तै:

“नेपोटिजमको सबै तिर हुन्छ… फिल्म इन्डस्ट्री मात्र हैन । फरक यत्ति हो कि फिल्म इन्डस्ट्री  छर्लङ छ। सत्य बोल्ने आंट कमै को छ । किन कि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ । गत बर्ष यो बिषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएं । त्यसपछी यसबारेमा कोही बोलेको सुनीएन, देखिएन पनि । हालै घटित बलिउड घटनाले यहाँ पनि यो बिषयमा चासो बढेको देखें… केहीले आवाज नि उठाउनु भयो,जुन कुरामा म पनि सहमत छु ! तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउंमा  यो बिषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन । यहां अरु थुप्रै अवस्था छन, जुन कुरामा ध्यान दिन पनि जरुरी छ। जस्तै समूहवाद, लभ अफेयर्स, एक-अर्कासंग तुलना, रिपोर्टर/युट्युबर र कलाकारबीच अनावश्यक सम्बन्ध… यी कुराको बिगबिगीले पनि नकारात्मक असर पारेको छ । मेरो उक्त स्टाटसमा यी सबै कुरा उल्लेख थियो । म स्वयम् यसको शिकार हुं । यहां नामका कारण पाइलै पिच्छे तुलना हुन्छ ।

मैले जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउंमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केही बाहेक कसैलाइ थाह छैन । केही समय अघि म पनि डिप्रेस्ड थिएं । यहां त यतिसम्म कि, इन्स्टा र  फेसबुकको फलोअर्सकोआधारमा समेत केहीले मेरो कामको मुल्यांकन गर्ने गरेका छन । जस्को धेरै फलोअर्स त्यसलाई बढि अप्रोच हुन्छ कामको । जसको धेरै युट्युबमा अन्तर्वार्ता आउछ,उ हिट कलाकार कहल्याइन्छ । यी सबैको सामना गरेर पनि आफ्नो नैतिकता कायमै राखि अगाडि बड्ने प्रयासमा जोड दिन जरुरी छ । स्टार किड भन्दै गर्दा वहांहरुको कामको मुल्यांकन हजुरहरुले नै गर्नु भएको छ । को अब्बल, को कम्जोर, ठम्याउने जिम्मा हजुरहरु कै हो । नेपोटिजमले कहिलेसम्म धान्ला र ? अन्त्यमा हामी सबैलाई राम्रो काम गर्ने कलाकारको महत्व थाह भइ नै हाल्छ । मेरो पछिल्लो अभिब्यक्ति पश्चात मैले अब इन्डस्ट्रीमा काम नै नपाउने हल्ला थियो तर यो लकडाउन  नभएको भए मैले साइन  गरेका कति फिल्म समय दिन नसकेर छोड्नु पर्ने कन्डिसन  थियो।

तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस की, जहाँ कुनै बादले छुन पनि नसकोस । तपाई प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र ?”

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०७:३५

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै, अष्ट्रेलियाको उडान सर्यो!