भारत-चीनका सेनाबीच लद्दाखमा भि-डन्त, ३ भारतीय सैनिकको मृत्यु!

एजेन्सी, लद्दाखको विकट गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हात हालाहाल भएको छ । बीबीसी हिन्दीका अनुसार  भारत र चीनको  सीमामा सोमबार राति भि-डन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। जसमा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ।

लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आए पनि सैनिकको मृत्यु हुनेगरी धेरैपछि यसपटक सङ्घर्ष भएको हो  । भारतीय र चिनियाँ सेनाबीच हात हालाहाल हुदा दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ। तर चिनले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि भने गरेको छैन। भारतका अनुसार केही समययता गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको थियो ।

तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै पनि कार्य नगर्न चीनले भारतलाई आह्वान गरेको समाचार बाहिरिएको छ। खबर अनुसार चीनले भारतलाई सीमा नाघेर चिनियाँ सैनिकमाथि ह-मला गरेको आरोप लगाएको छ।

सीमाबारे भारत र चीनले तीन दशकमा पटक-पटक वार्ता गरे पनि कुनै समाधान फेला पारेका छैनन्। त्यस्तै भारतले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको चीनमाथि आरोप लगाएको छ ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०९:१८

उत्तर कोरियाली नेताकी बहिनीको चेतावनी लगतै अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त !